राईकाे स्मृतिमा उत्कृष्ट शिक्षक पुरस्कार स्थापना गरिने

खोटाङ, ३ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाका स्वर्गीय शिक्षक शुभसेर राईको नाममा स्मृति प्रतिष्ठान बनाउने घोषणा गरिएको छ । गत ५ भदाैमा निधन भएका शिक्षक राईको स्मृतिमा स्वर्गीय शुभसेर राई स्मृति प्रतिष्ठान बनाउने तयारी गरिएको हो ।

राईको ९०औँ दिनको पूण्य तिथिमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिले बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा शुभसेर राईको नाममा स्मृति प्रतिष्ठान बनाउने घोषणा गरिएको हो ।

स्मृति प्रतिष्ठान बनाउने र सोही प्रतिष्ठानमार्फत अक्षयकोष खडा गर्दै वार्षिक रुपमा जिल्लाका एक जना उत्कृष्ट शिक्षकलाई प्रदान गर्नेगरी पुरस्कार स्थापनाको तयारी गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका सचिव मिनकुमार दाहालले बताए ।

राईका जेठा छोरा एवं एमालेका जिल्ला उपाध्यक्ष देवबिक्रम राईले प्रतिष्ठानमार्फत सञ्चालन हुने अक्षयकोष स्थापनाका लागि परिवारकातर्फबाट ११ लाख ११ हजार १११ रुपैयाँ दिने घोषणा गरेका छन् । सो अक्षयकोष स्थापनाका लागि एमालेका सचिव कुमार आचार्य र एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष नूरकाजी राईले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । कवि जसराज किरातीले शुभसेरको स्मृति प्रकाशन गर्ने जानकारी दिएका छन् ।

अक्षय कोषका लागि नेपाल राष्ट्रिय शिक्षक संगठनले कम्तीमा ५० हजार उपलव्ध गराउने निर्णय गरिसकेको जनाएको छ । अक्षयकोषबाट आउने व्याजबाट हरेक वर्ष राईको पुण्यतिथिका दिन जिल्लाका एक जना उत्कृष्ट शिक्षकलाई कम्तीमा ६० हजारको पुरस्कार प्रदान गरिने नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव दाहालले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।