सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, ३ मङ्सिर ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ९०० तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९४ हजार थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।

पर्यटन प्रवद्र्धन गर्न छलफल
पोखरा, ३ मङ्सिर ।नेपाल–बङ्गलादेशबीच पर्यटन प्रवद्र्धनदेखि व्यावसायिक साझेदारी लगायतका विषयमा यहाँ छलफल भएको छ । पोखरा पर्यटन परिषद्को समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एन्ड बी टू बी एक्सचेन्ज कार्यक्रम’ पहिलो चरण यहाँ सम्पन्न भएको हो ।सो कार्यक्रममा नोभेम्बर १६ देखि २१ सम्म गन्तव्य प्रवद्र्धनदेखि व्यावसायिक साझेदारी एवं प्रवद्र्धनका विषयमा छलफलअन्तर्गत पाटाको टोलीले यहाँका पर्यटन व्यवसायीसँग सो विषयमा छलफल गरेको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष शहीद हमिद र महासचिव तफिक रेहेमानसहित पर्यटन व्यवसायीको टोलीले पोखराका पर्यटन व्यवसायीसँग छलफल गर्नुभएको थियो ।

उक्त टोलीमा बङ्गलादेशका टुर अपरेटर, मिडिया र युनिभर्सिटीका पाटा स्टुडेन्ट च्याप्टरका प्रतिनिधि पनि सहभागी छन् । क्षेत्रीय पर्यटन प्रवद्र्धनअन्तर्गत हुन लागेको बी टु बी (बिजनेस टू बिजनेस) सम्झौताका लागि यो टोली नेपाल आइपुगेको हो । कार्यक्रमअनुसार नोभेम्बर १७ देखि १९ सम्म पोखराको प्रमुख गन्तव्यको अवलोकन पोखराका पर्यटन व्यवसायी र सरोकारवाला व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम गरिने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिनुभयो । उहाँले आर्थिक सम्बन्ध दरिलो बनाउन दुई देशबीचका पर्यटकीय क्षेत्रको प्रवद्र्धन व्यनवसायिक साझेदारीमा सम्भाव्यताको खोजीका लागि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यसपछि काठमाडौँमा बी टू बी कार्यक्रममा ‘डेस्टिनेसन इनसाइड’बारे प्रस्तुतीकरण गरिनेछ ।

बङ्गलादेश पाटा च्याप्टरका अध्यक्ष साहिद हमिदले कोभिडका चपेटामा परेको पर्यटन प्रवद्र्धनका लागि नवीनतम सोच र अवधारणा खाँचो औँल्याउँदै क्षेत्रीय पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले आन्तरिक पर्यटन मुलुककोे मेरुदण्ड भएकाले सन् २०२२ का लागि क्षेत्रीय सहकार्य गरेर अघि बढ्न जरुरी रहेको जनाउँदै अहिलेको प्राथमिकता भनेको ‘सर्ट हल फ्लाइट’ हुने अन्तर्राष्ट्रिय बजार रहेको प्रस्ट्याउनुभयो । पाटा नेपालले निकट भविष्यमा भारत, श्रीलङ्का, भूटान, म्यान्मारलगायत मुलुकसँग दुईतर्फी क्षेत्रीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेको उहाँले जानकारी दिनुभयो ।

परिषद्का पूर्वअध्यक्ष एवम् कार्यक्रम संयोजक टीकाराम सापकोटाले भौगोलिक दूरीका हिसाबले २७ किलोटिर टाढा रहेको बङ्गलादेशसँग नेपालले साझेदारीमा आर्थिक समृद्धिका लागि धेरै कार्य गर्न सक्ने जानकारीदिनुभयो । उहाँले कोरोनापछि दुई देशबीचको नेटवर्किङका लागि भएको यस कार्यक्रमले आगामी दिनमा दुई देशबीच पर्यटन प्रवद्र्धनलगायत व्यवसायिक साझेदारीमा काम गर्न सकिने बताउनुभयो । कार्यक्रममा यहाँका पर्यटन व्यवसायी र सरोकारवालाको सहभागिता थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।