पार्टीको समग्र ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्ने-डा प्रकाशशरण महत

काठमाडौँ, ३ मङ्सिर ।नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महाधिवेशनपछि पार्टीको समग्र ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा आज काठमाडौँ क्षेत्र नं ५ को प्रदेश ‘क’ र ‘ख’का प्रदेशसभा क्षेत्रीय अधिवेशनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सहमहामन्त्री डा महतले पार्टीको आन्तरिक निर्वाचनमा भरसक सहमतिमा नेतृत्व चयन भए अझ राम्रो हुने उल्लेख गर्दै भन्नुभयो, “यो पार्टीको अधिवेशन हो । नेतृत्वका लागि हामीबीच प्रतिस्पर्धा भइरहेको छ । तर हामीले निर्वाचनमा वास्तविक प्रतिस्पर्धा अन्य राजनीतिक दलसँग गर्नुपर्छ । निर्वाचनमा सहभागी हुने सम्पूर्ण साथीहरुलगायत निर्वाचित हुने प्रदेश समितिले आफ्नो सम्पूर्ण ध्यान आगामी निर्वाचनमा पार्टीलाई जिताउन लगाउनु पर्छ ।”

सहमहामन्त्री डा महतले नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा विभिन्न तहको नेतृत्वका लागि प्रतिस्पर्धा गर्नुभएका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई खेलको जसरी सहज रुपमा लिन आग्रह गर्दै भन्नुभयो, “निर्वाचनको परिणाम आएपछि पनि प्रतिस्पर्धी साथीहरुबीच रहेको सद्भाव र एकता पूर्ववत् रहनुपर्छ ।”नेपाली कांग्रेसको १४ महाधिवेशनका क्रममा आज देशभरका ४६ जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदैछ । महाधिवेशनका क्रममा मङ्सिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन मङ्सिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते हुँदैछ । केही हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौँ, ३ मङ्सिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ९०० तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९४ हजार थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖