नेपाली कांग्रेस १४औँ महाधिवेशनः क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन
कञ्चनपुर, ४ मङ्सिर ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरका छवटै प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन भएका छन् । शुक्रबार भएको निर्वाचनमा छवटै प्रदेशसभामा नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नं १ को (क) मा सभापतिमा मानबहादुर रोकाया निर्वाचित हुनुभएको छ । त्यस्तै उपसभापतिमा जगदीश राना र पे्रमसिंह ठगुन्ना, सचिवमा जयबहादुर विष्ट र दिपक श्रेष्ठ तथा सह–सचिवमा केशव एसके, र चुँडामणि भट्ट निर्वाचित हुनुभएको छ । यसैरी निर्वाचन क्षेत्र नं १ को (ख) को सभापतिमा चेतनकुमार राई, उपसभापतिमा रामलाल राना र रङ्गवीर चौधरी, सचिवमा खगेन्द्र पण्डित र दिनेश कुँवर तथा सहसचिवमा गीता सबखोली रोकाया र महादेव पाण्डेय निर्वाचित हुनुभएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं २ को (क) को सभापतिमा झङ्कर खड्का (पुरन), उपसभापतिमा उत्तमराज भट्ट र मिनबहादुर विष्ट, सचिवमा नवराज पन्त र लालबहादुर धामी तथा सहसचिवमा गणेशबहादुर विष्ट र धर्मदेव राना निर्वाचित हुनुभएको छ भने सोही निर्वाचन क्षेत्र (ख)को सभापतिमा करनसिंह ऐर, उपसभापतिमा टीकाराम बोहरा र नरबहादुर कुँवर, सचिवमा दिपकराज बोहरा र ज्ञानेश्वरप्रसाद जोशी तथा सहसचिवमा हवल्दार चौधरी र तोयाराज पन्त निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नं ३ को (क) मा सभापतिमा पद्मराज अवस्थी, उपसभापतिमा कमलसिंह जोरा र जगदीशसिंह विष्ट, सचिवमा तारासिंह भाट र अशोक पाण्डेय तथा सहसचिवमा कैलाश चन्द र टेकबहादुर विष्ट निर्वाचित हुनुभएको छ भने सोही निर्वाचन क्षेत्र (ख) को सभापतिमा पुष्कर जोशी, उपसभापतिमा लालबहादुर शाही र वीरेन्द्र चन्द, सचिवमा पुरुषोत्तम अर्याल र डम्बर गुरुङ तथा सहसचिवमा गणेश रावल र लक्ष्मी मल्ल निर्वाचित भएका छन् ।
प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने
बनियानी, ४ मङ्सिर ।झापाको बिर्तामोडमा प्रदेश नं १ स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।नयाँ खेलाडीलाई उत्पादन गर्ने उद्देश्यले फागुन २७ र २८ गते ‘मिस्टर कञ्चनजङ्गा घबडी बिल्डिङ च्याम्पियनसीप’ हुन लागेको हो । बिर्तामोडमा आज अयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका कार्यक्रम संयोजक राम दाहालले प्रदेश नं १ मा हालसम्मकै ठूलो धनराशिको प्रतियोगिता हुने जानकारी दिनुभयो ।“कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो समय प्रतियोगिता हुन सकेको थिएन”, उहाँले भन्नुभयो, “नयाँ खेलाडी उत्पादन र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।”
प्रतियोगितामा प्रथम हुनेलाई रू तीन लाख, दोस्रोलाई रू दुई लाख, तेस्रोलाई रू एक लाख, चौथोलाई रू ७५ हजार र पाँचौँलाई रू ५० हजार पुरस्कार प्रदान गर्नेछ । प्रतियोगिता ५५, ६०, ६५, ७० र ७५ केजीभन्दामाथि पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सबै तौल समूहबाट विजेताबीच प्रतिस्पर्धा हुने बताउँदै संयोजक दाहालले भन्नुभयो, “उनीहरुबीच पनि प्रतिस्पर्धाबाट च्याम्पियन अफ द च्याम्पियन छानिने छन् ।”त्यस्तै प्रतियोगिताअन्तर्गत महिलाको पनि शारीरिक सुगठन प्रतियोगिता हुनेछ । महिला प्रतियोगितामा प्रथमले रू १५ हजार, दोस्रोले रू १० हजार र तृतीयले रू पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा प्रदेश नं १ भरका एक सय पुरुष तथा महिला खेलाडी सहभागी हुने आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता सम्पन्न गर्न रू २० लाख खर्च हुनेछ ।नयाँ खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीले प्रतियोगितामा सहभागी हुन पाउने छैनन् । खेलाडीलाई प्रतियोगितामा सहभागी हुन तयारीका लागि कम्तीमा ९० दिन लाग्ने भएकाले सोहीअनुसार प्रतियोगिताको मिति तय गरिएको अयोजकको भनाइ छ । प्रतियोगिताको आयोजना बिर्तामोडस्थित ‘बडी ग्यारेज’ जिम हलले गरेको हो ।


