१८ वर्षमा हुम्लाका ४९४ बालबालिकाको उद्धार

सुरेश परियार/सिमकोट, ४ मंसिर ।२०५९ पौष २६ गते स्थापना भएको हिमाली नवीन समाजले हुम्लाबाट अठार वर्षको अवधिमा ४ सय ९४ जना बालबालिका उद्धार गर्नुका साथै परिवारसँग पुनर्मिलन गरेको छ । जिल्लामा स्थापना भएदेखि बालबालिका क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले अठार वर्षसम्म आइपुग्दा ४ सय ९४ जना बालबालिकाको उद्धार गरी उनीहरूको परिवारसँग पुनर्मिलन गरिएको हो ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले अलपत्रमा परेका बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाउने काम गरिरहेको छ । राम्रो पढाउनुका साथै उच्च शिक्षासम्म नि:शुल्क पठनपाठन गराइदिने प्रलोभनमा पारेर जिल्ला बाहिर लगिएका ती बालबालिकाको उद्धार गरिएको समाजका निर्देशक धनबहादुर लामाले बताए ।

जिल्लाबाहिर नेपालगञ्ज, काठमाडौं, पोखरालगायत सहरबाट राष्ट्रिय बालअधिकार परिषद् तथा स्थानीय तह अर्थात्, सम्बन्धी गाउँपालिका र नगरपालिकामा रहेका होस्टेलमा, बालगृहबाट उद्धार गरी परिवारसँग पुनर्मिलन गरिएको लामाले बताए ।

गाउँबाट १२ कक्षाभन्दा माथिसम्म निःशुल्क पढाइ दिने प्रलोभनलगायत विभिन्न बहानामा बालबालिका जिल्ला बाहिर लग्ने गरिएको छ । कमजोर आर्थिक अवस्थाका कारणले गर्दा कापी, कलमसमेत किन्न नसक्ने अवस्थामा भएपछि आफन्तले कुनै बालगृहमा लगिदिएर देशका विभिन्न पर्यटकीय क्षेत्रमा अलपत्र परेको अवस्थामा अधिकांश बालबालिकालाई उद्धार गरिएको उनले जानकारी दिए ।

जोखिम अवस्थामा बालगृहमा रहेका तथा देशका चर्चित पर्यटकीय क्षेत्रबाट गरेर हुम्लाका हालसम्म ४ सय ९४ जनाको उद्धार गरिएको हो । विशेष गरी पर्यटकीय सहरबाट बढी उद्धार गरिएको र बालबालिकाको गन्तव्य नै पर्यटकीय क्षेत्रमा रहेको छ । उनले भने, ‘बसैभन्दा बढी पर्यटकीय क्षेत्रबाट देशभरका बालबालिका उद्धार गरी परिवारसँग पुनर्मिलन गरिएको छ ।’

हुम्लाबाट बालबालिका ओसारपसार हुन नदिनका लागि सरकारी निकाय, नागरिक समाज, स्थानीय तह र अभिभावकले पनि यसमा ध्यान दिनुपर्ने निर्देशक लामाले बताए । हुम्लाका उद्धार गरी परिवारसँग पुनर्मिलन गरिएका ४ सय ९४ बालबालिका मध्ये ९२ जना बालबालिकालाई समाजले संरक्षण गरिरहेको छ ।

समाजले संरक्षण गरेका ५२ जना बालबालिकाको घरको आर्थिक अवस्था, उद्धार गरिएका प्रत्येक बालबालिकाको केश अनुसार उनीहरूलाई शिक्षाको सहयोग, आयआर्जनको सहयोगलगायत अलग-अलग क्षेत्रमा सहयोग गरिरहेको निर्देशक लामाले बताए ।

उनले भने, ‘राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय तह तथा गाउँपालिका, नगरपालिकाको समन्वयमा अलपत्रमा परेका बालबालिकालाई उद्धार गरी परिवारसँग पुनर्मिलन गरेका छौं । पुनर्मिलनपछि पनि आर्थिक सहयोग गरेका छौं ।’

नेपालको ६७ वटा जिल्ला मध्ये सबैभन्दा बढी हुम्ला, मुगु, सुर्खेत, धादिङ, सिन्धुपाल्चोक, जुम्लालगायतका जिल्लाहरूबाट बालबालिका अलपत्र पर्ने गरेको उनले बताए । हुम्ला, मुगु र सुर्खेत जिल्लाबाट हालसम्म बढी बालबालिकाको उद्धार गरी सम्बन्धित परिवारसँग पुर्न मिलन गरिएको लामाले बताए । हिमाली नवीन समाजले देशका विभिन्न बालगृहहरूमा छड्के गर्दा उनीहरू अलपत्रका पर्ने गरेपछि उद्धार गरिने गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।