मुस्ताङमा स्याउ उत्पादन बढ्यो

मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष पाँच हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष पाँच हजार ५६४ मेट्रिकटन स्याउ फलेको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउको उत्पादन बढेको छ । “क्षेत्रफल विस्तार र अनुकुल मौसमका कारण स्याउ उत्पादन बढेको हो”, उहाँले भन्नुभयो, “पाँच सय २० हेक्टर क्षेत्रफलमा लगाइएको एक लाख पचास हजार बोटले फल दिन्छन् ।” मुस्ताङमा उत्पादन भएको स्याउ बेचेर कृषकले रु ५५ करोड भित्र्याएका छन् । प्रतिकिलो रु १०० का दरले स्याउ बिक्री भएको थियो ।

मुस्ताङको एक हजार ४४० हेक्टर जमिनमा स्याउ खेती भएकामा ५२० हेक्टरका बोटले उत्पादन दिन्छन् । अघिल्लो वर्ष एक हजार ४०० हेक्टरमा स्याउ खेती भएकामा ५०० हेक्टरका बोटले फल दिएको थियो । घरपझोङमा ५७२, बारागुङ मुक्तिक्षेत्रमा ५९४, थासाङमा १६२, लोघेकर दामोदरकुण्डमा ८६ र लोमान्थाङ गाउँपालिकामा २९ हेक्टर जमिनमा स्याउ खेती भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।केन्द्रका अनुसार थासाङ गाउँपालिकामा ८९८, घरपझोङ गाउपालिकामा दुई हजार ५६८, बारागुङ मुक्तिक्षेत्रमा एक हजार ९३६, लोघेकर दामोदरकुण्डमा १२० र लोमान्थाङमा ३२ मेट्रिकटन स्याउ उत्पादन भएको हो । वारागुङ मुक्तिक्षेत्रमा नयाँ स्याउका बिरुवा विस्तार गरिएकाले केही कम उत्पादन भएको हो । घरपझोङको मार्फामा स्याउ बोटमा सान जोस स्केलको प्रकोप र स्क्याप रोगको प्रकोपले उत्पादन प्रभावित बनाएको छ ।

यस वर्ष मुस्ताङको मार्फाबाहेक अन्य स्थानका स्याउ किसानले उचित बगैचा व्यवस्थापन र रोग नियन्त्रण गर्न सकेकाले उत्पादन वृद्धि भएको हो । अस्सी प्रतिशत स्याउ दसैं–तिहारमा जिल्ला बाहिरिएको थियो । बिक्री भइनसकेको बाँकी २० प्रतिशत स्याउमध्ये केही चिस्यान गृहमा राखिएको छ । केही स्याउको खुद्रा बिक्री र स्याउको विभिन्न परिकारका लागि प्रशोधनमा उपयोग हुने गर्छ ।मुस्ताङमा रैथाने रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र सेतो गोल्डेन डेलिसियस जातको स्याउ खेती गरिएको छ । पछिल्लो समय किसानले छिटो र धेरै उत्पादन दिने उच्च घनत्वको स्याउका बिरुवा लगाउन थालेका छन् । गत वर्ष उच्च घनत्वका ५० हजार स्याउका बिरुवा वितरण गरिएको थियो ।

यो पनि पढ्नुहोस…धनुषा । प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि विकास र पर्यटनसँग जोड्न आग्रह गरेका छन् ।जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा मिथिला अनुसन्धान सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामको संयोजनमा आजदेखि जनकपुरधाममा सुरु भएको रामायण सर्किट तथा मिथिला-अवध सम्बन्धबारे आयोजना गरिएको कार्यक्रममा प्रदेश प्रमुख मिश्रले जनकपुरधाम र अयोध्याबीचको प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन सडक, रेल तथा हवाईमार्गबाट जोडेर पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिन आवश्यक भएको बताए ।
प्रदेश प्रमुख मिश्रले दुवै देशका सरकारले रामायण सर्किटको विकासका लागि थप सहकार्य गरेर कामकाज गर्न आवश्यक भएको बताए । उनले विसं २०७५ वैशाख २८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्तरूपमा उद्घाटन गरेको जनकपुरधाम–अयोध्या बससेवा पुनः सञ्चालन गर्न दुवै देशबीच समन्वय भइरहेको बताए ।नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली सुवासनी अरुण तिलकाले नेपाल, भारत र श्रीलङ्कालाई जोडेर रामायण सर्किटको विकास गर्ने धेरै आधारहरू श्रीलङ्कामा रहेको बताउँदै ती ठाउँको संरक्षण गर्ने काम श्रीलङ्का सरकारले गरेको बताए ।

अयोध्यामा राम मन्दिर निर्माणमा सक्रिय रहेको राजेन्द्रसिंह पङ्कजले नेपाल–भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनमा रामायण सर्किटले योगदान गर्ने बताए । विश्व हिन्दू परिषद् भारतका केन्द्रीय उपाध्यक्ष जिवेश्वर मिश्रले धर्म संस्कृतिको रक्षाबिना कुनै पनि देशको विकास सम्भव नहुने बताउँदै रामायण सर्किटको विकासका लागि भारत सरकारले काम गरिरहेको बताए ।कार्यक्रममा बोल्दै जनकपुरधामका प्रमुख लालकिशोर साहले भगवान् रामले जनकपुरधाममा आएपछि सार्थकता पाएको र जनकपुरधामबिना रामायण अधुरो रहेकाले रामायण सर्किटलाई जनकपुरसँग जोड्न अतिआवश्यक रहेको बताए । प्रमुख साहले जनकपुरधामको इतिहास त्रेतायुगदेखि नै रहेकाले जनकपुरधाम अब धामको रूपमा स्थापित हुन लागेको उल्लेख गरे ।त्यस्तै कार्यक्रममा भारत युपीका कमिशनर विशाल सिंहले भारतको अयोध्या र जनकपुरधामलाई जोड्न चाँडै हवाई सेवा र रेलमार्गको काम हुने बताए । कमिशनर सिंहले अयोध्याबाट जनकपुरधाम जोड्न बस सेवा सुरु हुने साथै डबल लाइन रेल्वे ट्रयाकको निर्माण भइरहेको बताए ।जनकपुरधाम उपमहानगरपालिकाको आयोजना एवं राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको सहआयोजनामा सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।