कांग्रेसको क्षेत्रीय कार्यसमितिमा महिला नेतृत्व
नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले पहिलोपटक महिलालाई नेतृत्वका रुपमा पाएको छ । जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं ख को क्षेत्रीय सभापतिमा कांग्रेस नेत्री मैया श्रेष्ठ (लावती) फराकिलो मतान्तरले विजय भएसँगै कांग्रेस कार्यकारी जिम्मेवारीमा महिलालाई पु¥याउन सफल भएको छ । क्षेत्रीय कार्यसमिति सभापति पदमा प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामालाई ६४ मतको अन्तरले पराजित गरेर श्रेष्ठ क्षेत्रीय सभापति चुनिनुभएको हो । श्रेष्ठले २७४ मत प्राप्त गर्दा लामाले २०९ मत मात्रै प्राप्त गर्नुभयो । जिल्लाको मिक्लाजुङ गाउँपालिकाकी श्रेष्ठ विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध हुँदै कांग्रेसको क्रियाशील राजनीतिमा प्रवेश गर्नुभएको थियो । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति सभापतिका उम्मेदवार सुरेन्द्रकुमार दाहाल पक्षबाट श्रेष्ठले क्षेत्रीय कार्यसमितिको नेतृत्वमा उम्मेदवारी दिनुभएको थियो । क्षेत्रीय कार्यसमितिमा श्रेष्ठको पक्षकै अधिकांश उम्मेदवार विजयी भएका छन् ।
श्रेष्ठ नेतृत्वको कार्यसमितिको उपसभापति पदमा तेजबहादुर चेम्जोङ र जितबहादुर भण्डारी विजयी हुनुभएको छ । सचिव पदमा भने भरत तुम्बापो र भक्त लावती सर्वसम्मत हुनुभएको थियो । यस्तै दुई जना सहसचिवमा ज्योतिप्रभा भण्डारी र नरेन्द्र शेर्मा विजयी हुनुभएको छ । पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं ख मा वडा सभापति र क्षेत्रीय प्रतिनिधि गरी ५०५ प्रतिनिधि रहेकामा ४९७ ले मतदान प्रक्रियामा भाग लिएका थिए । प्रदेशसभा क्षेत्र नं क मा भने जिल्ला कार्यसमिति सभापतिका अर्का उम्मेदवार रुपनारायण जबेगु पक्षधर भगीश्वर योङहाङ नेतृत्वको प्यानल विजयी भएको छ ।
यो पनि पढ्नुहोस…धनुषा । प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि विकास र पर्यटनसँग जोड्न आग्रह गरेका छन् ।जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा मिथिला अनुसन्धान सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामको संयोजनमा आजदेखि जनकपुरधाममा सुरु भएको रामायण सर्किट तथा मिथिला-अवध सम्बन्धबारे आयोजना गरिएको कार्यक्रममा प्रदेश प्रमुख मिश्रले जनकपुरधाम र अयोध्याबीचको प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन सडक, रेल तथा हवाईमार्गबाट जोडेर पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिन आवश्यक भएको बताए ।
प्रदेश प्रमुख मिश्रले दुवै देशका सरकारले रामायण सर्किटको विकासका लागि थप सहकार्य गरेर कामकाज गर्न आवश्यक भएको बताए । उनले विसं २०७५ वैशाख २८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्तरूपमा उद्घाटन गरेको जनकपुरधाम–अयोध्या बससेवा पुनः सञ्चालन गर्न दुवै देशबीच समन्वय भइरहेको बताए ।नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली सुवासनी अरुण तिलकाले नेपाल, भारत र श्रीलङ्कालाई जोडेर रामायण सर्किटको विकास गर्ने धेरै आधारहरू श्रीलङ्कामा रहेको बताउँदै ती ठाउँको संरक्षण गर्ने काम श्रीलङ्का सरकारले गरेको बताए ।
अयोध्यामा राम मन्दिर निर्माणमा सक्रिय रहेको राजेन्द्रसिंह पङ्कजले नेपाल–भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनमा रामायण सर्किटले योगदान गर्ने बताए । विश्व हिन्दू परिषद् भारतका केन्द्रीय उपाध्यक्ष जिवेश्वर मिश्रले धर्म संस्कृतिको रक्षाबिना कुनै पनि देशको विकास सम्भव नहुने बताउँदै रामायण सर्किटको विकासका लागि भारत सरकारले काम गरिरहेको बताए ।कार्यक्रममा बोल्दै जनकपुरधामका प्रमुख लालकिशोर साहले भगवान् रामले जनकपुरधाममा आएपछि सार्थकता पाएको र जनकपुरधामबिना रामायण अधुरो रहेकाले रामायण सर्किटलाई जनकपुरसँग जोड्न अतिआवश्यक रहेको बताए । प्रमुख साहले जनकपुरधामको इतिहास त्रेतायुगदेखि नै रहेकाले जनकपुरधाम अब धामको रूपमा स्थापित हुन लागेको उल्लेख गरे ।त्यस्तै कार्यक्रममा भारत युपीका कमिशनर विशाल सिंहले भारतको अयोध्या र जनकपुरधामलाई जोड्न चाँडै हवाई सेवा र रेलमार्गको काम हुने बताए । कमिशनर सिंहले अयोध्याबाट जनकपुरधाम जोड्न बस सेवा सुरु हुने साथै डबल लाइन रेल्वे ट्रयाकको निर्माण भइरहेको बताए ।जनकपुरधाम उपमहानगरपालिकाको आयोजना एवं राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको सहआयोजनामा सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने जनाइएको छ ।


