‘प्रथम प्रधानसेनापति राष्ट्रिय लनटेनिस प्रतियोगिता–२०७८’ हुँदै

काठमाडौँ, ६ मङ्सिर ।नेपाली सेनाले ‘प्रथम प्रधानसेनापति राष्ट्रिय लनटेनिस प्रतियोगिता–२०७८’ सञ्चालन गर्न लागेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही मङ्सिर २७ देखि आगामी पुस ५ गतेसम्म सञ्चालन हुने जानकारी दिइयो ।प्रतियोगिता आर्मी अफिसर क्लबका दुई कोर्ट र नेपाल लन टेलिस सङ्घको दशरथ रङ्गशालास्थित दुई कोर्टमा सञ्चालन गरिने सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले जानकारी दिनुभयो । खुलातर्फ पुरुष सिङ्गल र डबल, महिला सिङ्गल र डबल तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्षमाथि समूहका सिङ्गल तथा डबल प्रतियोगिता हुनेछन् ।

मुलुकको टेनिस खेलको विकास र विस्तारमा सहयोग पु¥याउने हेतुले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल लनटेनिस सङ्घको प्राविधिक सहयोग रहनेछ । प्रतियोगितामा अन्तर सरकारीतर्फ पुरुष डबल खुला हुनेछ । तहगतरुपबाटै प्रभावकारी योजनासहित खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको प्रतियोगितामा क्लवबाट खेलाडी सहभागी हुनुपर्नेछ । विजेता क्लबलाई नगद पुरस्कार, ट्रर्फी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा भाग लिने खेलाडीले सिङ्गलतर्फ रु एक हजार ५०० सय र डबलका लागि रु दुई हजार दर्ता शुल्क कायम गरिएको छ ।प्रतियोगितामा मेन्स र विमन सिङ्गल्सतर्फ विजयी, रनर अप र सेकेन्ड रनरअपलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार प्राप्त गर्नेछन् । मेन्स र ओमन डबलतर्फ विजयी, रनरअप तथा सेकेन्ड रनरअप हुनेलाई क्रमशः रु ४० हजार, रु २० हजार र रु १० हजार नगदसहितको पुरस्कार प्रदान गरिने छ ।

भेट्रान्सतर्फ ३५ वर्ष समूहको सिङ्गलतर्फ विजयी, रनरअप र सेकेन्ड रनरअप हुनेले क्रमशः रु ३० हजार, रु १५ हजार र रु १५ हजार प्राप्त गर्नेछन् । सङ्घका अध्यक्ष ज्योति रानाले ग्राउण्ड र कोर्ट नभएका कारण जताततै खेल्न नमिल्ने भए पनि बच्चादेखि नै धेरै संलग्न हुने खेलका रुपमा टेनिस रहँदै आएको बताउनुभयो ।महासचिव मनोहरदास मुलले एउटा कोर्ट बनाउन मिलेको जग्गा भएमा डेढ रोपनीमा बन्ने बताउनुभयो । कार्यक्रम चलाउन एउटा मात्र कोर्टबाट कठिन हुनेछ । मुलुकमा ३५÷४९ प्रशिक्षक र पाँच÷छ सयको व्यावसायिक खेलाडी रहेको जानकारी दिइएको छ । सङ्घका प्रशिक्षक कृष्णराम घलेले सन् १९५५ बाटै टेनिस खेल नेपालमा हँुदै आए तापनि मुलुकका मुख्यमुख्य सहरमा मात्रै सीमित रहिआएको बताउनुभयो ।

हरेक राष्ट्रिय खेलकूद प्रतियोगितामा टेनिस खेल सधैँजसो समावेश हुँदै आएको छ । गत दक्षिण एशियाली खेलकूद प्रतियोगितामा नेपालले टेनिसतर्फ विमन सिङ्गल र डबलमा तेस्रो स्थानका साथ पदक प्राप्त गरेको थियो । टेनिस खेलको विकासका लागि बालबालिकादेखि नै खेल सिकाउन र निरन्तरता दिन आवश्यक रहेको प्रशिक्षक घलेले जानकारी दिनुभयो । विश्वमा फुटबल र टेनिस नखेल्ने मुलुक नै नरहेको बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।