महासङ्घद्वारा ‘लेकबेँसी घोषणपत्र’ जारी

कर्णाली, ७ मङ्सिर ।नेपाल पत्रकार महासङ्घ सुर्खेत जिल्ला शाखाले ‘लेकबेँसी घोषणापत्र’ जारी गरेको छ । लेकबेँसी नगरपालिकाको गमखोलामा सम्पन्न महासङ्घको सोमबार सम्पन्न तेस्रो पूर्ण बैठकले आठ बुँदे घोषणापत्र जारी गरेको हो ।जारी घोषणापत्रमा प्रदेशसभामा दर्ता भएको कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनासम्बन्धी विधेयकलाई संविधानको परिकल्पनाअनुसार पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हुने गरी आवश्यक संशोधनसहित विधेयक पारित गर्न प्रदेशसरकारसँग माग गरिएको छ । महासङ्घका अध्यक्ष ललित बसेलले कोरोना महामारीले समस्यामा परेका जिल्लाका सञ्चारमाध्यमको दिगो सञ्चालनका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन वृद्धि गर्न र स्थानीय तथा प्रदेश सरकारले प्रकाशन गर्दै आएका विज्ञापन स्थानीय सञ्चारमाध्यममा अनिवार्य प्रकाशन तथा प्रसारण गर्ने गरी आवश्यक कानुन र नीति निर्माण गर्न बैठकले आह्वान गरेको बताउनुभयो ।

प्रदेश सरकारले सञ्चालन गरिरहेको पत्रकारको स्वास्थ्य बिमा कार्यक्रमलाई थप सहज र प्रभावकारी बनाउन, श्रमजीवी पत्रकारका लागि सञ्चार सामग्री खरिदमा अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग तथा पत्रकारलाई लेखनवृत्ति उपलब्ध गराउन र छात्रवृत्ति स्थापना गर्न जारी घोषणापत्रमा उल्लेख गरिएको छ । त्यस्तै पछिल्लो समय विभिन्न राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित एवं आवद्ध भएका शाखाका सदस्यहरूको सदस्यता शुद्धीकरण (खारेज) गर्नुअघि नै स्वेच्छिकरूपमा महासङ्घको सदस्यता त्याग्न बैठकले आह्वान गरेको छ । कोरोना महामारीले सञ्चारगृह र पत्रकारमाथि पारेको प्रभाव तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे जिल्लास्थित सञ्चारमाध्यमको अनुगमन गर्ने बैठकले निर्णय गरेको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोडिएको पर्यटकीय क्षेत्र लेकबेँसी नगरपालिकाको समग्र भौतिक तथा पर्यटकीय विकास र प्रवद्र्धनका लागि विशेष योजना ल्याउन सङ्घीय र प्रदेश सरकारलाई आग्रह गर्दै हालसम्म स्तरोन्नति हुन नसकेको मदन भण्डारी राजमार्गअन्तर्गत धुलियाबिट–भेडाबारी सडक तत्काल स्तरोन्नतिलगायतका माग घोषणापत्रमार्फत गरिएको महासङ्घ सुर्खेतका सचिव बुढाले जानकारी दिनुभयो ।

नेपाल–कोरियामैत्री अस्पतालमा निःशुल्क मुटु रोगको सेवा
भक्तपुर, ७ मङ्सिर ।मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।अस्पतालले आगामी ९ गतेसम्म निःशुल्क सञ्चालन हुने मुटुको निःशुल्क सेवामा दैनिक ८० भन्दा बढी बिरामी आएको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । मुटुका बिरामीका लागि साताव्यापी निःशुल्क मुटु शिविरलाई स्थानीयवासीले अवसरका रूपमा लिएको उहाँले बताउनुभयो ।

अस्पतालमा मुटुरोग परीक्षणका लागि अमेरिकाबाट समेत मुटुरोग विशेषज्ञ आउनुभएको छ । सोही अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा सम्पूर्णमान तुलाधर र डा सञ्जय श्रेष्ठले पनि सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख श्रेष्ठले बताउनुभयो । मध्यपुरथिमिका बासिन्दालाई मात्रै नभई देशभरका बिरामीका लागि सुलभ र सहज उपचार सेवा दिन थालिएको छ । टेकु अस्पतालपछि पिसीआर परीक्षण गर्ने देशकै दोस्रो अस्पताल बनाउन सफल भएको उहाँले बताउनुभयो । अस्पतालले मिर्गौलाका बिरामीका लागि डायलायसिस मेसिनसमेत सञ्चालनमा ल्याएको छ । अस्पतालमा रोटरी क्लबको सहयोगमा केही दिनपछि थप चार डायलायसिस मेसिनबाट सेवा दिने तयारी छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖