चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रु पाँच अर्ब बढी राजस्व सङ्कलन

पर्सा, ७ मङ्सिर । वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रु पाँच अर्ब बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब आठ प्रतिशत बढी राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो अवधिका लागि विभागले रु ६५ अर्ब ११ करोड ४१ लाख रुपैया राजस्व सङ्कलनको लक्ष्य दिएकामा कार्यालयले रु ७० अर्ब १२ करोड १४ लाख राजस्व सङ्कलन गरेको थियो ।

कोरोना सङ्क्रमितको सङ्ख्या कम भएसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिन थालेपछि देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरीे विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार आएसँगै राजस्व सङ्कलन बढ्दै गएको कार्यालयका सूचना अधिकरी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले चालु आवको पहिलो चौमासिकमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने सवारीसाधनको आयातबाट सङ्कलित राजस्वमा २८ प्रतिशत र पेट्रोलियम पदार्थको आयातबाट सङ्कलित राजस्वमा ३३ प्रतिशतले वृद्धि भएको बताउनुभयो ।

चालु आवको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको भन्सार महसुलमा पाँच प्रतिशत बढी र मूल्य अभिवृद्धि करमा २६ प्रतिशतभन्दा बढी सङ्कलन भएको कार्यालयले जनाएको छ । चालु आवको साउनदेखि कात्तिकसम्मका लागि विभागले भन्सार महसुल सङ्कलन गर्न रु २४ अर्ब १२ करोड ७७ लाखको लक्ष्य दिएका रु २४ अर्ब ४१ करोड ८४ लाख राजस्व सङ्कलन गर्न सफल भएको जनाइएको छ । यसैगरी मूल्य अभिवृद्धि कर रु २० अर्ब ८१ करोड २८ लाख सङ्कलनको लक्ष्य रहेका रु २६ अर्ब ४८ करोड ९९ लाख सङ्कलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जनाएको छ ।

शान्ति सेना सिरिया प्रस्थान
काठमाडौँ, ७ मङ्सिर । सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ । यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट आज बिहान कार्यक्षेत्रतर्फ प्रस्थान गरेको हो । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९७४ मा इजरायल र सिरियाबीचको युद्धविराम भङ्ग हुन नदिन, इजरायली, सिरियाली सेना हातहतियाररहित भएको सुनिश्चित गर्न तथा दुई देशबीच छुट्याइएका सीमा क्षेत्र र सीमितताको पर्यवेक्षण गर्न युएनडिओएफ स्थापना भएको हो । युएनडिओएफको स्थापनाकालदेखि नै नेपाली सेनाले उक्त ‘मिसन’मा शान्ति सेनामा योगदान पु¥याउँदै आएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।