एमाले महाधिवेशन : उद्घाटनका दिन भरतपुरमा गाडी नचल्ने

चितवन, ८ मङ्सिर । नेकपा (एमाले) को १०आँै राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको छ । मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रका सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको हो । बिहान ९ देखि साँझ ५ः३० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । मानिसको चाप धेरै भएको ठाउँमा सवारीसाधनसमेत चले दुर्घटना हुन सक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उहाँले बताउनुभयो ।

आयोजकले २० स्थानमा डिस्प्ले बोर्ड राख्ने भएकाले सहभागीले गाडी रोकिने ठाउँ आसपासका बोर्डबाट समेत कार्यक्रम हेर्न पाउनेछन् । तामाङले भन्नुभयो, “यसले गर्दा कार्यक्रमस्थलको भीड कम हुन्छ ।” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सो दिन सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ । गाडी रोकिने नाकाहरुमा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्ने छन् । महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनारमा बनाइएको छ । उद्घाटनमा पाँच लाख सहभागी गराउने सो पार्टीले जनाउँदै आएको छ ।

स्वास्थ्य बीमाको टिकट अनलाइनबाट

भरतपुर अस्पतालले स्वास्थ्य बीमाको टिकट अनलाइनबाट काट्ने व्यवस्था गरेको छ । यसअघि अस्पतालले बीमा टिकटबाहेक अन्य बहिरङ्ग सेवाको टिकट अनलाइनबाट काट्न सुरु गरेको थियो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा अस्पतालको वेबसाइटमा गएर आजदेखि स्वास्थ्य बीमाको टिकट लिन सकिने व्यवस्था गराएको छ । उहाँले टिकट लिन अत्यधिक भीड भएपछि अनलाइन टिकट सुरु गरिएको बताउनुभयो । कोरोनापछि दैनिक स्वास्थ्य बीमाका बिरामी आठ सयको हाराहारीमा अस्पतालमा आउने गरेको पौडेलले जानकारी दिनुभयो ।
सामान्य अवस्थामा भरतपुर अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी आउने गरेका छन् । स्वास्थ्य बीमाको टिकट पनि अनलाइनबाट व्यवस्था गरिने भएपछि बिरामीहरु बढ्ने उहाँले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।