नवलपुर क्षेत्र नं २ का सभापतिमा बराबर मत

नवलपुर, ८ मङ्सिर ।नेपाली कांग्रेसको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर क्षेत्र नं २ को सभापतिमा दुवै प्रतिस्पर्धीको मत बराबर आएको छ । मङ्गलबार भएको मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले समान ३९४ मत प्राप्त गर्नुभएको बताइएको छ ।उहाँहरुले प्राप्त गर्नुभएको मत परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन । त्यस्तै, नवलपुर क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ १०, महिलातर्फ चार, खस आर्य पुरुषतर्फ दुई, खस आर्य महिलातर्फ एक, आदिवासी जनजाति पुरुषतर्फ तीन, आदिवासी महिलातर्फ दुई, अल्पसङ्ख्यक मधेसी, थारू र दलिततर्फ एक÷एकजना गरी २५ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । बुधबार बिहान आएको मत परिणामअनुसार महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ ओमबहादुर घर्ती (४५१), गणेशमान श्रेष्ठ (३८४), चन्द्रबहादुर राना (५२७), चेतप्रसाद पौडेल चेतन (४१६), विष्णुकुमार कार्की (५१४), विष्णुप्रसाद ढकाल (३९३), विष्णुप्रसाद लामिछाने (५०३), शङ्कर तिवारी (३७२), सुरज गुरुङ (३९२) र सोनी जिसी (३८९) विजयी हुनुभएको छ ।

त्यसैगरी, महिलाबाट महाधिवेशन प्रतिनिधिमा ओमकुमारी महतो (३६३), दुर्गालक्ष्मी पाठक काफ्ले (३७२), विमला सापकोटा (३७८) र सुमित्रा खनाल (३७७) निर्वाचित हुनुभएको छ । त्यस्तै, खस आर्य पुरुषतर्फबाट जीवलाल पाठक (४३७), रामजीप्रसाद पौडेल (३८२) र खस आर्य महिलातर्फबाट (३६६) विजयी हुनुभएको छ । यसैगरी, महाधिवेशन प्रतिनिधिमै आदिवासी जनजाति पुरुषबाट टेकप्रसाद श्रेष्ठ (४३९), पूर्णसिंह राना (४१५), श्यामप्रसाद श्रेष्ठ (४३४) तथा जनजाति महिलाबाट पुनम नगरकोटी (४२४) र मायादेवी श्रेष्ठ (४१८) विजयी हुनुभएको छ । महाधिवेशन प्रतिनिधिमै अल्पसङ्ख्यक मधेसीबाट नन्दकिशोर गुप्ता रौनियार (४४२), थारूबाट टीकाकुमारी महता (४२२) र दलितबाट झमाया विक (४६२) विजयी हुनुभएको छ । त्यसैगरी, क्षेत्र नं १ मा मतगणना जारी छ । निर्वाचन अधिकृत चुडामणि शर्माका अनुसार क्षेत्र नं १ मा एक हजार १५१ मत खसेको छ ।

कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापतिमा शर्मा विजयी
काठमाडौँ, ८ मङ्सिर । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापति पदमा कविर शर्मा विजयी हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनको मतगणनाअनुसार शर्माले २८५ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी अर्जुन पराजुलीले २२० मत प्राप्त गर्नुभयो । यस्तै, क्षेत्रीय सचिवमा दीपक दुलाल (२६४), भीमसेन थापा (२६२), सरिता भण्डारी (२५३) र सुजनकुमार खड्का (२६०) मत ल्याई विजय हुनुभएको निर्वाचन अधिकृत वासु रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार महाधिवेशन प्रतिनिधि खुलातर्फ उपेन्द्र कार्की, ओमबहादुर कार्की, जयराज पुडासैनी, दीपकप्रसाद कुँइकेल, राजाराम तिवारी, रामशरण ढुङ्गाना, लवराज दाहाल, लोकेश ढकाल र शङ्कर थापा विजयी हुनुभएको छ । यस्तै, महाधिवेशन प्रतिनिधि खस आर्य खुलामा कृष्णबहादुर केसी, प्रवीनमान सिंह, दलिततर्फ हरिशरण नेपाली, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गतातर्फ नहकुल थापा, मधेसीतर्फ मुकेश मिश्र, खस आर्य महिलातर्फ मञ्जु खड्का र द्रोणा खड्का, खुला महिलातर्फ जानकी केसी, प्रतिमा गौतम, भद्रा भण्डारी, शर्मिला थापा कार्की निर्वाचित हुनुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।