कांग्रेस काठमाडौँ क्षेत्र नं १ को सभापतिमा राणा

काठमाडौँ, ८ मङ्सिर । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ को सभापतिमा रवीन्द्रविक्रम राणा विजयी हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनले राणालाई सर्वसम्मत सभापति निर्वाचित गराएको हो । सभापतिबाहेक अन्य पदमा निर्वाचन भएको कांग्रेस काठमाडौँ क्षेत्र नं १ का नेता सुरजचन्द्र लामिछानेले राससलाई जानकारी दिनुभयो । निर्वाचनबाट सचिवमा रिकेश महर्जन र उमेश तिमल्सेना, सहसचिवमा प्रमोद पौडेल र सुदिपमान डङ्गोल विजयी हुनुभएको छ । महाधिवेशन प्रतिनिधि खुलातर्फ सुरजचन्द्र लामिछाने, दीपेन्द्र श्रेष्ठ, प्रवल थापा, कुश ढकाल, लीलेन्द्रप्रसाद प्रधान, राजेन्द्र गुरुङ, मोहनकुमार राई, हीरालाल तण्डुकार, डा सुरज काफ्ले र आदर्शविक्रम कार्की निर्वाचित हुनुभएको छ । महिला खुलातर्फ इन्दु थापा, कल्याणी रिजाल, शान्ता ढकाल र रेणु भट्टराई, खस आर्य महिलातर्फ अम्बिका सुवेदी र भगवती खड्का, जनजातितर्र्फ शम्भु तामाङ, अर्जुन राना र रवि सिंह, दलितमा कुवेर रम्तेल, अल्पसङ्ख्यकमा कुल सुनुवार र मधेसी महिला सम्झना उप्रेती रैनियार विजयी हुनुभएको छ ।

रुपन्देही क्षेत्र नं २ को सभापतिमा लम्साल
रुपन्देही, ८ मङ्सिर ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट रुपन्देही क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी हुनुभएको छ । मङ्गलबार राति सम्पन्न क्षेत्रीय अधिवेशनबाट अर्का प्रतिस्पर्धी काजीमान श्रेष्ठलाई १६० मत अन्तरले हराउँदै लम्साल विजयी हुनुभएको हो । दोस्रो कार्यकाल पुनः सभापति बन्नुभएका लम्सालले ४०२ मत प्राप्त गर्नुभएको थियो भने श्रेष्ठले २४२ मत प्राप्त गर्नुभएको प्रमुख मतदान अधिकृत टीकाराम शर्माले जानकारी दिनुभयो । त्यसैगरी, सचिव पदमा प्रजापाल गिरी र विमलराज भट्टराई निर्वाचित हुनुभएको छ भने सहसचिव पदमा मिलन थापा र राजबहादुर क्षेत्री निर्वाचित हुनुभएको छ । यसअघि मतगणनाका क्रममा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसीमाथि आक्रमण भएपछि केही बेर मतगणना रोकिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।