चीन सरकारले नेपालका पाँच विभिन्न विद्यालयलाई पाण्डा बुक कर्नर हस्तान्तरण

काठमाडौँ, ९ मङ्सिर । चीन सरकारले नेपालका पाँच विभिन्न विद्यालयलाई सन् २०२१ को ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण गरेको छ । राजधानीमा बुधबार साँझ औपचारिक कार्यक्रम आयोजना गरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले छनोट गरिएका विद्यालयलाई ‘पाण्डा बुक कर्नर’ प्रदान गर्नुभयो । ‘पाण्डा बुक कर्नर’ अन्तर्गत शिक्षा, संस्कृति, भाषा, साहित्यलगायत विधाका पुस्तक दिइएको हो । यस वर्ष लमजुङको बालआर्दश उच्च मावि, काठमाडौँ ठमेलको सिद्धिगणेश उच्चमावि, काठमाडौँकै एलआरआई विद्यालयलगायतले ‘पाण्डा बुक कर्नर’ प्राप्त गरेका छन् । समारोहमा सम्बोधन गर्दै मन्त्री पौडेलले चीन सरकारको यस प्रकारको सहयोगप्रति आभार प्रकट गर्दै भविष्यमा पनि निरन्तर सहयोग र सहकार्य जीवन्त रहने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पौडेलले २१औँ शताब्दीको चुनौती सामना गर्न शिक्षाका क्षेत्रमा चिनियाँ सहयोगको अपेक्षा गरेको जनाउँदै गुणस्तरीय र प्रभावकारी शिक्षामा चीनसँगको सहकार्यले रोजगार सिर्जना तथा विकास र समृद्धिमा योगदान गर्ने बताउनुभयो ।

त्यसैगरी नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदान र नेपाली विद्यार्थीको शैक्षिक विकासमा चिनियाँ दूतावासले उच्च महत्व दिएको बताउनुभयो । राजदूत यान्छीले पाण्डा बुक कर्नर नेपालका विद्यार्थीको शैक्षिक विकासको लागि स्थापित एक महत्वपूर्ण सहकार्यको क्षेत्र रहेको बताउनुभयो । उहाँले आउँदा दिनमा विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा पनि सहकार्य र सहयोग बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा नेपाल चीन मैत्री मञ्चका अध्यक्ष डा कल्याणराज शर्माले पाण्डा बुक कर्नरमार्फत नेपाल र चीनबीचको सांस्कृतिक र शैक्षिक सम्बन्ध जनस्तरमा थप विस्तार भएको धारणा राख्नुभयो । सो अवसरमा एलआरआई विद्यालयका प्रधानाध्यापक डा देवकान्त जोशी, बालआर्दश उच्च माविका प्रधानाध्यापक रामकृष्ण भण्डारीलगायतले धारणा राख्नुभएको थियो।

पञ्चेश्वर गापामा आज र भोलि सार्वजनिक बिदा
बैतडी, ९ मङ्सिर । पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो ।गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि आज र भोलि बिदा दिइएको बताइएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागका अनुसार दुई दिन गाउँपालिका क्षेत्राधिकारभित्र रहेका सम्पूर्ण सङ्घसंस्था, वित्तिय संस्था, विद्यालय, वडा कार्यालय बन्द रहने जनाइएको छ ।
यसअघि मङ्सिर पहिलो साता जात्राकै लागि भने जिल्लाको दशरथचन्द नगरपालिकाले एकदिन र मेलौली नगरपालिकाले दुई दिन बिदा दिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।