कांग्रेस बागलुङका दुई क्षेत्रमा नयाँ नेतृत्व, जिल्ला अधिवेशन शुक्रबार हुने

बलेवा, ९ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागलुङका दुईवटै निर्वाचन क्षेत्रमा मङ्गलबारबाट सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । दुवै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व टुङ्गो लगाइएको हो ।कांग्रेस बागलुङ क्षेत्र नं २ को सभापतिमा जोगलाल बुढा निर्वाचित हुनुभएको छ । बुढाले अर्का प्रत्यासी नरजङ्ग घर्तीमगरलाई ९० मतान्तरले पराजित गर्नुभयो । बुढाले ४१९ मत प्राप्त गर्दा घर्तीले ३२९ मतमात्रै प्राप्त गर्नुभयो । बुढा संस्थापन पक्षबाट र घर्ती संस्थापनइतरका नेता मानिनुहुन्छ । सचिवमा नारायणध्वज मल्ल र दीपक कुँवर निर्वाचित हुनुभयो । मल्लले ३८९ र घर्ती ३८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत ज्ञानेन्द्र पन्तले बताउनुभयोे । सहसचिवमा दीपक कुँवर र निरन चन्द विजयी हुनुभयो ।

कुँवरले ४२२ र चन्दले ३२४ प्राप्त गर्नुभयोे ।नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं २ बाट खुला सदस्यतर्फ जीत शेरचन, नरबहादुर पुन निरज, अर्जुन शेरचन, मञ्जेशबम मल्ल, दोर्ण कुँवर, भरत शर्मा गैरे, सागर पोखरेल, टेकराज पौडेल, सिंहबहादुर राना र तुलसिंह घर्तीमगर निर्वाचित हुनुभएको छ । प्रत्यक्ष महिलातर्फ गण्डकी थापा अधिकारी, गौता श्रीष, मञ्जु चालिसे र रेणुका काउचा निर्वाचित हुनुभएको छ ।खसआर्यबाट महिला सदस्यमा सरस्वती शर्मा रिजाल, खसआर्य खुला सदस्यमा ऋषिराम कँडेल र तिलबहादुर अधिकारी निर्वाचित हुनुभयो । आदिवासी जनजाति महिला सदस्यमा राधिका पुन र लीलमाया पुन, आदिवासी खुलामा दीपेन्द्र श्रेष्ठ र देवेन्द्र घर्तीमगर निर्वाचित हुनुभयो । दलित महिला सदस्यमा लिमाया पौवी र दलित खुला सदस्यमा भूमिराज सुन्चौरी र सोमबहादुर पौवी दामु विजयी हुनुभयो ।

क्षेत्र नं २ मा संस्थापन पक्षका उम्मेदवार वियजी भएका छन् । क्षेत्रीय समितिदेखि महाधिवेशन प्रतिनिधिसम्म संस्थापन पक्षको बहुमत रहेको नेताले बताए । यहाँका उम्मेदवार स्पष्ट दुई पक्षमा विभाजित भएका थिए । कांग्रेस बागलुङ क्षेत्र नं १ मा चण्डीप्रसाद शर्मा विजयी हुनुभएको छ । प्रतिस्पर्धी खडकबहादुर थापालाई चार मतान्तरले पराजित गर्दै शर्मा विजयी हुनुभएको हो । शर्माले ५५४ मत प्राप्त गर्नुभएको छ भने थापाले ५५० मतमात्रै प्राप्त गर्नुभयो । सचिवमा शर्माको प्यानलबाटै जयराम भारी र गोविन्द पौडेल (गोपाल) र सहसचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी हुनुभएको छ । कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं १ बाट खुला सदस्यतर्फ जगदीशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, मणिभद्र शर्मा, कँडेल, प्रकाश शर्मा पौडेल, नवराज पौडेल, ओमकार थापा, चिरञ्जीवी गौतम, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

खसआर्यबाट महिला सदस्यमा कमला पराजुली र भगवती शर्मा सापकोटा, खसआर्य खुला सदस्यमा उमाकान्त पौडेल, नरायण शर्मा पौडेल र विष्णु शर्माले चुनाव जित्नुभयो । आदिवासी जनजाति महिला सदस्यमा बेमकुमारी थापा, खुलामा वसन्तकुमार श्रेष्ठ र भीम श्रीषले चुनाव जित्नुभयो । दलित महिला सदस्यमा दुर्गादेवी विश्वकर्मा र दलित खुला सदस्यमा सीताराम रसाइली विजयी हुनुभयो । मुस्लिम, अपाङ्ग, अल्पसङ्ख्यकमा प्रेमबहादुर छन्त्याल निर्वाचित हुनुभएको छ । यसैगरी कांग्रेसको जिल्ला अधिवेशन यही मङ्सिर १० गते हुने भएको छ । जिल्ला अध्यक्षका लागि जगदीशचन्द्र उपाध्याय, द्रोण कुँवर, जित शेरचन र नवराज पौडेल आकाङ्क्षी देखिएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।