१५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिने

काठमाडौँ, ९ मङ्सिर ।सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेबाट गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ ।सर्वोच्च अदालतमा न्यायाधीशको आज बसेको पूर्ण बैठक (फूलकोर्ट) बैठकले उक्त प्रक्रियाबाट पेसी तोकी मुद्दाको सनुुवाइ गर्ने निर्णय गरेको हो । गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनको पनि थियो । उक्त माग पूरा हुने भएको छ ।सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुनसकेको छैन । बिचबिचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमति रुपमा बेञ्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।

मिसिल व्यवस्थापन र प्रमाण भण्डारण कक्ष निर्माण
वीरगञ्ज, ९ मङ्सिर । जिल्ला प्रहरी कार्यालय पर्साले मुद्दा शाखाको काम थप प्रभावकारी बनाउन मिसिल व्यवस्थापन तथा सबुत प्रमाण भण्डारण कक्ष निमार्ण गरेको छ । सखुवा प्रसौनी गाउँपालिकाको रु १२ लाखको सहयोगमा प्रहरी कार्यालय परिसरमा कक्ष स्थापना गरिएको हो । नवनिर्मित कक्षमा मिसिल, असिमित हदम्याद भएका फाइल र सबुत प्रमाण राख्ने स्थान छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ ।

कक्ष स्थापनापछि मुद्दा शाखालाई व्यवस्थित गर्न सहयोग पुगेको प्रहरी निरीक्षक कुशल बर्तौलाले जानकारी दिनुभयो । भवन निमार्णका लागि सखुवाप्रसौनी गाउँपालिकाले सहयोग गरेको हो । भण्डारण कक्षमा मिसिल र सबुत प्रमाण राख्नका लागि आवश्यक दराजलगायत सामग्रीको बन्दोबस्त विध्यवासिनी गाउँपालिका र निम्बस ग्रुपलले गरेको हो । गाउँपालिकाले रु तीन लाख तथा निम्बस ग्रुपले रु पाँच लाख ७० हजारको सामग्री सहयोग गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।