ठडिदै छ, बडिगाडको अत्याधुनिक सुविधासम्पन्न सिंहदरबार

खेमराज गौतम/ गलकोट । बागलुङको बडिगाड गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।अहिले अत्याधुनिक सुविधा सम्पन्न भवनको फिनिसिङको कामले तीव्रता पाएको छ । स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा बडिगाड गाउँपालिकाको ‘सिंहदरबार’ अन्तिम चरणमा पुगेको छ ।काठमाडौंको सिंहदरबार सङ्घीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् । जनतालाई सेवा सुविधामा सरलता प्रदान गर्नका लागि अहिले स्थानीयतहमा धमाधम प्रशासनिक भवन ठडिन थालेका छन् । जसमध्ये बडिगाड गाउँपालिकाको केन्द्र खार बजारमा प्रशासनिक भवनको निर्माण अहिले अन्तिम चरणमा पुगेको बडिगाड गाउँपालिकाले जनाएको छ ।

उक्त भवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न भवन हुनेछ । त्यस्तै ताराखोला सुविधा सम्पन्न भवनसमेत अहिले निर्माण भइहेको छ । १० स्थानीय तह रहेको बागलुङ जिल्लामा अहिले बडिगाड र ताराखोला गाउँपालिकाको मात्रै अत्याधुनिक प्रशासनिक भवन निर्माण भइरहेको हो ।अन्य पालिकाले भने भवन निर्माणका लागि जग्गाको टुङ्गो लगाइसकेका छन् भने केही स्थानीय तहको भने अन्योल अझै कायम रहेको छ । बडिगाड गाउँपालिका–५ ग्वालिचौरस्थित खार बजारमा स्थानीयवासीले निःशुल्क रुपमा गाउँपालिकाको नाममा ११ रोपनी जग्गा प्रदान गरेपछि गत वर्षदेखि प्रशासनिक भवन निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए। अहिले भवनको तीन तला ढलानको काम सम्पन्न भएर प्लाष्टर अन्तिम चरणमा पुगेको छ । अहिले अत्याधुनिक सुविधा सम्पन्न भवनको कामले तीव्रता पाएको र हालसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले जानकारी दिए।

“भवन निर्माणको कामप्रति सन्तुष्ट छौं, तीन चार महिनामा हस्तान्तरण होला भन्नेछ, कोरानाका कारण म्याद भन्दा दुई महिना ढिलो होला” प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले भने, “गण्डकी प्रदेशमानै यस्ता अत्याधुनिक भवन आधा दर्जन होलान, जिल्लामा यस्तो सुविधासम्पन्न भवन कतै बनेको छैन, भवनमा लिफ्ट, अपाङ्ग मैत्री, भूकम्पप्रतिरोधी लगायतका विशेषता छन् । ”तीन तलाको भवनबाट गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवा तथा पालिकाका अन्य शाखा सञ्चालनका लागि अत्यन्तै सहजहुने प्रशासकीय अधिकृत सुवेदीले बताए। १८ महिनामा सक्नेगरी रु पाँच करोड २२ लाखको लागतमा २०७७ जेठ १६ गते माउन्डेन कविन्द्र जेभीसँग निर्माण सम्झौता भएको थियो । कोरोना महामारीका कारण चार महिना ढिलोगरी काम सुरु भएको भवनको अहिले रङ्गरोगन, विद्युतीय काम, टायल, मार्बल तथा झ्याल ढोकाको मात्रै काम रहेको माउन्टेन कविन्द्र जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र अर्यालले जानकारी दिए।

“कोरोना नभएको भए सम्पन्न मिति भन्दा चार महिना अघि भवन बुझाउने लक्ष्य थियो, त्यै पनि काम अन्तिम चरणमा पुगेको छ”, उनले भने, “ढिलोमा चार महिनाभित्र गाउँपालिकालाई भवन हस्तान्तरण गर्ने लक्ष्य छ, पालिकाको सहयोगमा सम्पन्न गर्न मद्दत मिलेको हो ।” गाउँपालिकाका अनुसार ठेक्का सम्झौता सकिन एक महिना मात्रै बाँकी रहेपनि कामको प्रकृतिका आधारमा केही महिना थप गर्न सकिने छ ।अहिले पालिकामा प्रशासनीक भवन बाहेक अन्य भौतिक संरचनासमेत धमाधम निर्माण भइरहेका छन् । पालिकाका १० वडामध्ये ८ वटा वडा निर्माणले तीव्रता पाएको छ ।

पालिकाको ६ नम्बरमा मात्रै वडा कार्यालयको भवन छैन । १ नम्बर वडामा पहिलै भवन थियो, भने ९ नम्बरमा वडा कार्यालयको नयाँ भवन निर्माणपछि सेवा दिइरहेको प्रमुख सुवेदीको भनाइ छ ।कार्यालय परिसरमा पार्कीङको व्यवस्थासमेत हुनेछ भने भवनको माथिल्लो तलामा सुविधा सम्पन्न सभाहल हुनेछ । अहिले भाडाको साँघुरो घरबाट सेवा दिइरहेको छ । अत्याधुनिक सुविधा सम्पन्न भवनबाट सेवा दिँदा नागरिकलाई समेत सहज हुने गाउँपालिकाको अपेक्षा छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।