मौलिक पाठ्यपुस्तक ‘मेरो पाँचपोखरी’ तयार

सिन्धुपाल्चोक, १० मङ्सिर । केन्द्रीकृत पाठ्यक्रमले मात्र स्थानीय खाँचो पूरा गर्न नसक्ने भएकाले पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । नागरिकलाई आफ्नै भूगोलको माया गरी सम्मानित जीवन जिउन स्थानीय परिवेश चिनाउने पाठ्यक्रम तयार पारिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।अध्यक्ष लामा भन्नुहुन्छ, “स्थानीय परिवेशको सुक्ष्म अध्ययनले आफ्नो भूगोलप्रतिको मायामोह जाग्छ, आफ्नो ठाउँको सबल पक्ष र खाँचो भएका पक्षबारे जानकारी गराउने भएकाले स्थानीय विकासमा टेवा पु¥याउँछ ।” कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार गरी यही शैक्षिकसत्रबाट लागू गरिसकेको शिक्षा शाखाका प्रमुख कमला खनालले जानकारी दिनुभयो । विद्यालय निरीक्षक उत्तममणि पौडेलका अनुसार कक्षा १ को पाठ्यपुस्तक पठनपाठन सुरु भएको, २ र ३ को प्रेसमा गएको साथै अन्य कक्षाको पनि छिट्टै तयार हुने छ ।

विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप २०७६ ले व्यवस्था गरेबमोजिम स्थानीय जनशक्तिको उपयोग गरी पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइएको हो । पाठ्यक्रममा गाउँपालिकाको परिचय, प्राकृतिक स्रोत र सम्पदा, संस्कार तथा संस्कृति, ऐतिहासिकस्थल र पर्यटन, पेशा व्यवसाय तथा प्रविधि, परम्परागत ज्ञान, सीप र कला, प्रकोप र वातावरण संरक्षण, स्वास्थ्य र सरसफाइका साथै स्थानीय भाषा तथा लिपि समेटिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।स्थानीय पाठ्यपुस्तकमा स्थानीय भाषा र लिपिमा तामाङ, ह्योल्मो तथा शेर्पा भाषालाई समेटिएको छ । भाषा, धर्म, वेशभूषा, प्रेरक व्यक्तिको जीवनी, खानी, जडीबुटी, बोटबिरुवाबारे जानकारीका साथै संरक्षण र संवद्र्धन, स्थानीय बाजाबारे जानकारी, वातावरण संरक्षणका उपाय आदिबारे पाठ्यपुस्तकमा समावेश गरिएको विद्यालय निरीक्षण पौडेलले जानकारी दिनुभयो । जीवनीमा सातै महादेशका सबै अग्ला हिमाल आरोहण गरेकी विश्व साहसी समावेशी नेतृ माया गुरुङ, समाजसेवी मिङ्मार दोङ, सामुदायिक वनका अभियानकर्मी लक्ष्मण दोङको जीवनी राखिएको छ ।

प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा दुलाल

प्रेस सेन्टर नेपालको पाँचौँ जिल्ला अधिवेशनले दिनेश दुलालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपक खत्री, समावेशी उपाध्यक्षमा अश्मी स्याङ्तान, सचिवमा सुन्दर शिरिष, सहसचिवमा अर्जुन शर्मा र सम्झना कार्की तथा कोषाध्यक्षमा निर्मल बस्नेत चयन हुनुभएको छ । सदस्यमा रश्मी खत्री, राजेन्द्र रानामगर, सुप्रिन्स कसजु, कल्पना श्रेष्ठ, दुर्गा श्रेष्ठ, मोनिका विक, निर्मल माझी, सुमित्रा श्रेष्ठ, स्वस्तिका सापकोटा र वासुदेव गिरी चयन हुनुभएको छ ।अधिवेशनले सुरेश कसजु, जीवन श्रेष्ठ, विदुर गिरी र टीका दाहाललाई केन्द्रीय प्रतिनिधिमा छनोट गरेको छ । त्यसैगरी प्रदेश प्रतिनिधिमा अशोक पराजुली, केदार माझी, लालकाजी तामाङ, रमेश पराजुली, चन्द्रकला खत्री र बुद्धिप्रसाद आचार्य छनोट हुनुभएको छ । अधिवेशनले सुरेश कसजुको संयोजकत्वमा जीवन श्रेष्ठ र रामकृष्ण थापा सदस्य रहेको सल्लाहकार समितिसमेत बनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।