विद्यालयमा एकछात्रको ल,डेर मृ,त्यु
जलेश्वर, १० मङ्सिर । महोत्तरीको रामगोपालपुर नगरपालिका–१ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत एकछात्रको ल,डेर मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा बलवा नगरपालिका–१ का १८ वर्षीय सन्दीप महतो रहेका प्रहरीले जनाएको छ । विद्यालयको भ¥याङमाथि मोबाइलमा वाइफाइ चलाउन चढेका उनी लडेर घा,इते भएका र उपचारका क्रममा मृ,त्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । ग,म्भीर घा,इते महतोलाई उपचारको लागि जनकपुरस्थित काव्या अस्पतालमा लगिएको त्यहाँ सुधारोन्मुख नभएपछि थप उपचारको लागि सिरहाको कर्जनहामा अवस्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचारकै क्रममा गए राति उनीको मृ,त्यु भएको प्रहरीले जनाएको छ ।
आ,गलागी हुँदा २० लाखको क्ष,ति
जिल्लाको सोनमा गाउँपालिका–२ स्थित एक घर, किराना पसल र धान कुट्ने मिलमा आज बिहान आ,गलागी हुँदा रु २० लाख बराबरको क्ष,ति भएको छ । जिप्रका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीयवासी रामएकवाल साहले घरमा आगलागी भएको थियो । आ,गलागीबाट किराना पसलभित्रका सम्पूर्ण सरसामान सहित मिलमा रहेका सम्पूर्ण अन्न क्ष,ति भएको प्रहरीले जनाएको छ । सो आगलागीबाट मानवीय तथा पशुजन्य क्ष,ति नभएको र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।
तोलामा रु २०० ले बढ्यो सुन
काठमाडौँ, १० मङ्सिर । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ४०० छ जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ ।
साताको पहिलो दिन आइतबार प्रतितोला रु ९३ हजार ७०० मा कारोबार भएको छापावाल सुन अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा प्रतितोला रु एक हजार ८०० ले घटेर ९१ हजार ९०० पुगेको छ । सार्वजनिक तथ्याङ्कानुसार गत आइतबारका तुलनामा सोमबार प्रतितोला रु २०० ले बढेको सुनको मूल्य त्यसपछिका दिनमा लगातार घटेको देखिन्छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन सुन तथा चाँदीका मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९५ डलर आसपासमा कारोबार भइरहेको छ ।


