कञ्चनपुर कांग्रेस सभापतिमा बोगटी र थापा चुनावी मैदानमा

महेन्द्रनगर, १० मङ्सिर ।नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापति पदका लागि पदम बोगटी र बहादुरसिंह थापा प्यानलसहित चुनावी मैदानमा छन् ।निर्वाचनका लागि बुधबार साँझ पत्रकार सम्मेलन गरी प्यानलसहित घोषणा गरेका उम्मेदवार बोगटी मतमाग्न जिल्ला दौडाहामा छन् । त्यसैगरी बिहीबार साँझ आफ्नो टिम घोषणा गरेका थापा पनि चुनावी प्रचारमा छन् । बोगटीलाई कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको साथ रहेको छ भने थापालाई अर्का केन्द्रीय सदस्य नारायणप्रकाश साउँदको समर्थन छ ।बोगटी यसअघिको निर्वाचनमा सभापति पदमा पराजित भएका थिए ।

भने थापा तीन पटक जिल्ला पार्टीको सभापति हुँदै सांसदसम्म भइसकेका नेता हुन् । बोगटीको टिम दिवाकर पाण्डेय र शङ्करबहादुर चन्द उपसभापति पदका उम्मेदवार छन् । त्यसैगरी सो समुहको सचिवमा सिद्धराज भट्ट र जनकसिंह धामी र सहसचिवमा कविराज भट्ट र पुष्कल चौधरी उम्मेदवार रहेका छन् ।त्यसैगरी थापा समूहमा हरिशचन्द्र राना र मीनबहादुर सिंह उपसभापति पदका प्रत्यासी छन् भने सचिवमा भीमराज भट्ट र हेमराज ओझा रहेका छन् । त्यस्तै सो समूहबाट नाफुसिंह साउँद र हरिप्रसाद अधिकारी सहसचिव पदका उम्मेदवार रहेका छन् ।

त्यसैगरी कांग्रेसका अन्य नेताले पनि प्यानलरहित पदाधिकारीमा उम्मेदवार दिने तयारी गरिरहेका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेसको १४ औँ महाधिवेशनका लागि भएको वडास्तरको निर्वाचनबाट एक हजार ६०८ जना मतदाता छानिएका छन् । सोही छनोट भएका मतदाताले जिल्ला नेतृत्वका लागि मतदान गर्ने कांग्रेस जिल्ला सचिव दिवाकर पाण्डेयले जानकारीदिनुभयो । “आज मनोनयन दर्ता र शनिबार बिहानबाट मतदान गर्ने र्कातालिम तय भएको छ । उहाँले भन्नुभयो, “निर्वाचनको सबै तयारी पूरा भइसकेको छ ।

प्रधानमन्त्री देउवा चितवनमा
चितवन, १० मङ्सिर ।प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आउनुभएको हो ।
नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा केहीबेरअघि मात्र हेलिकोप्टरबाट यहाँ आइपुग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार देउवा दिउँसो १२ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा अवतरण हुनुभएको हो । केही बेरमा उहाँ कार्यक्रमस्थल नारायणी नदी किनारमा पुग्नुहुनेछ । महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि आजै उहाँ फर्कनुहुने छ । महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधि यहाँ आउनुभएको छ ।चिनियाँ कम्युनिष्ट पार्टीबाट भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशबाट त्यहाँका राजनीतिक दलहरुले शुभकामना सन्देश पठाएको नेकपा एमालेले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।