भारतमा एक दिनमा दश हजार ५७९ नयाँ कोरोना सङ्क्रमित

नयाँदिल्ली,१० मङ्सिर। भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दश हजार ४८८ जना सङ्क्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख १० हजार १३३ रहेको छ । यो सङ्ख्या कुल सङ्क्रमित भएकामध्येको ०.३२ प्रतिशत मात्रै हो । सक्रिय सङ्क्रमितको सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८६८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल सङ्क्रमितमध्येको ९८.३३ प्रतिशत हो ।

यो पनि सन् २०२० को मार्च पछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ छ । हिजो बिहीबार मात्र कोरोना सङ्क्रमणको कारण ४८८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यहाँ हालसम्म ६३ करोड ७१ लाख भन्दा बढी व्यक्तिले कोरोना भाइरसको परीक्षण भएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब २० करोड २७ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई पूर्ण मात्राको कोरोनाको खोप
ब्राजाभिल्ले,१० मङ्सिर । अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप दिइएको छ । यहाँका अधिकारीहरुले अफ्रिकामा पनि कोरोना विरुद्धको खोपको अभियान सञ्चालन भइरहेको तर पनि कोरोना विरुद्धको खोप सबैलाई सुलभ भने नभएको बताइएको छ । विश्व स्वास्थ्य सगठनले बिहीबार दिएको जानकारीअनुसार जुन सुकै देशमा पनि अग्र स्थानमा खट्ने स्वास्थ्यकर्मीहरुका लागि खोपलाई प्राथमिकता दिने गरिएको छ ।

यसै अनुसार अफ्रिकामा पनि स्वास्थ्यकर्मीलाई खोपको प्राथमिकता दिइएको हो । तर पनि यहाँका धेरै जसो स्वास्थ्यकर्मीहरुले खोप पाउन सकेका छैनन् ।स्वास्थ्यकर्मीले नै खोप पाउन नसक्दा कोरोनाका विरुद्धको लडाइँ जोखिमपूर्ण अवस्थामा रहेको अफ्रिकाका लागि विश्व स्वास्थ्य सगठनका निर्देशकले जानकारी दिएका छन् ।यसै पनि अफ्रिकाका १६ ओटा देशमा स्वास्थ्यकर्मीको संख्या निकै थोरै छ । यहाँ प्रति एक हजार जना नागरिकमा एकजना मात्र चिकित्सक उपलब्ध रहेका छन् ।यसैमा पनि कोरोना विरुद्धको खोप २७ प्रतिशतले मात्र प्राप्त गर्न सक्नुले कोरोनाको जोखिम कम हुन नसकेको बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।