आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सञ्चार उपकरण प्रदान

काठमाडौँ, १३ मङ्सिर । गृह मन्त्रालयअन्र्तगतको आपत्कालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि विभिन्न सञ्चार उपकरण उपलब्ध गराइएको छ । एशियाली विपद् पूर्वतयारी केन्द्र(एडिपिसी)को कोभिड–१९ परियोजनाअन्तर्गत राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र(एनडिआरसी) मार्फत रु १८ लाख ८६ हजार ४२२ मूल्यका ती सामान हस्तान्तरण गरिएको हो । आज यहाँ आयोजित कार्यक्रममा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेलाई एडिपिसीका राष्ट्रिय प्रतिनिधि मानबहादुर थापाले ती सामग्री हस्तान्तरण गर्नुभयो । सहसचिव पाण्डेले यस केन्द्रको क्षमता अभिवृद्धिका लागि विभिन्न उपकरण उपलब्ध गराइएकामा आभार व्यक्त गर्दै यसबाट दैनिक कार्य सञ्चालनमा सहज हुने बताउनुभयो ।

एडिपिसीका राष्ट्रिय प्रतिनिधि थापाले सरकारसँग नजिक रहेर विपद् व्यवस्थापनका कार्य गर्ने लक्ष्यअनुसार नै उक्त केन्द्रको क्षमता वृद्धिका लागि केही सञ्चार उपकरण प्रदान गरिएको बताउँदै आगामी दिनमा पनि यस किसिमको सहयोग जारी रहनेछ भन्नुभयो । एनडिआरसीका कार्यकारी निर्देशक श्यामसुन्दर ज्ञवालीले एपिपी कोभिड–१९ परियोजनाअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमबारे जानकारी दिँदै उक्त केन्द्रको कार्यक्षमता बढाउन आज उपलब्ध गराइएका सञ्चार सामग्रीले सहयोग पुग्ने बताउनुभयो ।

मोरङ कांग्रेस सभापतिमा फेरि निर्वाचन हुने
विराटनगर, १३ मङ्सिर । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन क्रममा मोरङमा भएको जिल्ला अधिवेशनमा सभापतिका तीन जना उम्मेदवारमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेकाले पुनः निर्वाचन हुने पार्टी कार्यालयले जनाएको छ । मोरङ कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको निर्वाचन हुने भएको छ । सभापतिका उम्मेदवार डिगबहादुर लिम्बूले एक हजार ५४४, दिलीप गच्छदारले एक हजार १५९ र यदु विष्टले ५६३ मत प्राप्त गर्नुभएको थियो ।

कांग्रेसको विधानअनुसार सभापतिले बहुमत प्राप्त गर्न बदर मत बाहेक खसेको मतको कम्तीमा ५१ प्रतिशत ल्याउनुपर्छ । तर, आइतबार भएको निर्वाचनमा मोरङका कुनै पनि उमेद्वारको बहुमत आएन ।तेस्रो स्थान प्राप्त गर्नुभएका सभापतिका उम्मेदवार विष्ट प्रतिस्पर्धाबाट बाहिरिने तथा लिम्बू र गच्छदारबीच प्रतिस्पधा हुने जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनका विषयमा छलफल भइरहेको छ टुङ्गो लागेको छैन । आइतबार कांग्रेस पदाधिकारी चयन गर्न भएको मतदानमा जम्मा तीन हजार ४१२ मत खसेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।