विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

धनगढी, १४ मङ्सिर ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ । धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै उहाँले आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभएको हो ।निरीक्षणकै क्रममा मन्त्री आलेले विमनस्थलमा रहेका पुराना भौतिक संरचनादेखि अन्य नयाँ निर्माण गर्नुपर्ने संरचनाका विषयमा पनि लेखेर पठाउन निर्देशन दिनुभएको विमानस्थलका प्रमुख रामकृृष्ण भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीले विमानस्थलको धावनमार्गदेखि अन्य संरचना निर्माणका लागि चाहिने जग्गा अधिग्रहणको काम अघि बढाउन निर्देशन दिनुभएको छ, नागरिक उड्डयन प्राधिकरणले सो विषयका सबै फाइल तयार गरी केही दिनमा मन्त्रालयमा पेश गर्नेछ ।”

धनगढी विमानस्थल विस्तारका लागि कूल ३११ बिघा जग्गा आवश्यक छ । यसका लागि २२८ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय धनगढीले जनाएको छ । अहिले विमानस्थलसँग कूल ८३ बिघा जग्गा छ । क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम गर्न थालिएको हो । सोही क्रममा मन्त्री आलेले विमानस्थलमा यात्रुलाई राख्ने ठाउँ साघुँरो भएकाले त्यसलाई फराकिलो बनाउन निर्देशन दिनुभयो । पहाडी जिल्लामा हवाइ उडान सुरु भएकाले यात्रुको चाप बढेको छ । विमानस्थलमा यात्रु बस्ने ठाउँ अभाव भएको छ ।

कांग्रेस महाधिवेशन : बागलुङमा शेरचन, उदयपुरमा कार्की विजयी
गलकोट, १४ मङ्सिर ।नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी हुनुभएको छ । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो । केहीबेर अघि सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले ७२४ मत ल्याउनुभएको प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । शनिबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्रोर्ण कँवर निर्वाचनबाट बाहिरिनुभएको थियो । त्यसपछि शेरचन र उपाध्यायबीच पुनः प्रतिस्पर्धा भएको हो ।

यस्तै जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी हुनुभएको छ । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गर्नुभयो । सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गर्नुभयो । सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीष विजयी हुनुभयो । खत्रीले ८५५ र श्रीषले ८८० मत प्राप्त गर्नुभयो ।

उदयपुरको सभापतिमा कार्की विजयी

उदयपुर ः नेपाली कांग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित हुनुभएको छ । दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ । कार्कीले ६७६ तथा उहाँका प्रतिद्वन्द्वी निवर्तमान सभापति विदुर बस्नेतले ५८९ मत प्राप्त गर्नुभयो । नवनिर्वाचित जिल्ला सभापति कार्की निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य तथा प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत हुनुहुन्छ ।यस्तै उपसभातिमा भीमचन्द्र राई, सचिवमा मुरारी खड्का र राजेशचन्द्र श्रेष्ठ तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी निर्वाचित हुनुभएको छ । सदस्यमा कूल ३८ सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसअघि निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा खगेन्द्रकुमार राई र क्षेत्र नं २ को सभापतिमा राकुमार राई विजयी हुनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖