अब बन्दिपुरमा पनि केबुलकार

तनहुँ, १५ मङ्सिर । जिल्लाका बन्दीपुरमा निर्माणाधीन केबुलकार सम्पन्न गर्न थप एक वर्ष लाग्ने भएको छ । गत दसँैअघिदेखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको हो । बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण करिब ९५ प्रतिशत पूरा भएको छ । भवन निर्माणसँगै केबुलकारको ‘स्ट्रक्चर’को निर्माण अन्तिम चरणमा पुगेको छ । करिब डेढ तला क्विन टावर थप गर्नुपर्ने भएकाले मेकानिकल इक्युपमेन्ट बाहिरबाट ल्याउनुपर्ने हुँदा अझै केही समय लाग्ने देखिएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

केबुलकारको क्यापासिटी बढाउने गरी स्टालेसन गर्ने कार्य भइरहेको छ । उहाँले भन्नुभयो, “इक्युमेन्ट प्रोडक्ट स्वदेशमै उत्पादन भए पनि टेक्नोलोजी बाहिरबाट आउनुपर्ने भएकाले ढिलाइ हुने भएको हो ।” गत वर्षको दसँैदेखि केबुलकार सञ्चालनमा ल्याउने प्रयास गरिए पनि कोरोनाका कारण निर्माणमा ढिलाइ हुन गएको उहाँले बताउनुभयो । एक वर्षअघि नै सञ्चालनमा ल्याउनुपर्ने योजना हो तर ढिलो भइहाल्यो, त्यसैले गुणस्तर र आकर्षण किसिमको बनाऊ भनेर लागिएकाले पनि ढिलाइ हुन पुगेको हो । उहाँले भन्नुभयो, “अब जति सक्दो छिटो सञ्चालन गर्ने तयारीका साथ काम थालिएको छ ।”

सुरुमा तीन सयसम्म कामदार रहे पनि अहिले ५० देखि ६० जना कामदारले निरन्तर काम गरिरहेका छन् । फिनिसिङका लागि दक्ष जनशक्ति आवश्यक पर्ने भएकोले पुन ः जनशक्ति बृद्धि गरिनेछ । बन्दीपुर केबुलकार परियोजनाले पन्ध्र तले क्विन टावरको दक्षिण एसियामा नै फरक उद्देश्यसहित निर्माण गरेको छ । केबुलकार सिधै चारतारे होटेलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । उक्त चारतारे होटेलबाट मनोरम सूर्योदयको दृश्य देख्न सकिनेछ । होटेलमा सिसमहल, वाक्स म्युजियम, प्लानेटरियम, भूत बङ्गला, एक हजार क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्विमिङ पुल र ६६ कोठा रहनेछन् । माथिल्लो स्टेसनमा निर्माण हुने क्विन टावरको लागत भने रु ८० करोड रहेको छ । कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जीजम्प, अग्लो मेकानिकल स्विङ, म्युजिकल वाटर सोसमेत बनाउने तयारी गरेको सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिनुभयो ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेसन रहनेछ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा दुई सयजनाले एकै पटकमा वारपार गर्न सक्नेछन् । केबुलकारले एक किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ । बैंकिङ पार्टनरका रूपमा नेपाल एसबिआई बैंक र एनएमबी बैंक लिमिटेड रहेका छन् । बन्दीपुर केबुलकार एन्ड टुरिजमको लागत रु एक अर्ब ६६ करोड ८९ लाख रहेकामा स्वपूँजी र कर्जा अनुपात ३९–६१ रहेको छ । परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर वितरण गरेको बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।