उपाध्यक्ष नेम्वाङ-यो महाधिवेशनबाट पार्टी एक ढिक्का भएको छ, एक जुट भएका छौ

चितवन, १५ मङ्सिर ।नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एक जुट भएको सन्देश गएको बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले महाधिवेशन सफल भएको उल्लेख गर्दै एमाले कम्युनिष्ट आन्दोलनको मूलधारका रुपमा स्थापित बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो महाधिवेशनबाट पार्टी एक ढिक्का भएको छ, एक जुट भएका छौं ।” महाधिवेशनले एउटा सन्देश पनि दिनसकेको जनाउँदै उहाँले एमाले नै कम्युनिष्ट आन्दोलनको मूलधार हो भन्ने प्रमाणित भएको बताउनुभयो ।निरङ्कुशताविरुद्धको लोकतान्त्रिक आन्दोलनको यो नै मूलधार हो भन्ने सन्देश दिन महाधिवेशनले सकेको उहाँको भनाइ थियो । एमालेलाई जनताको उत्तिकै समर्थन रहेछ भन्ने कुरा यो महाधिवेशनबाट स्थापित भएको उल्लेख गर्दै उहाँले यसैका आधारमा अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सन्तुष्टि सयमा सय कहिल्यांै हुदैन, तर समग्रमा म सन्तुष्ट छु ।” विधान महाधिवेशनका सन्दर्भमा पनि यिनीहरुले के गर्छन् ? सक्छन् की सक्दैनन् भन्ने प्रश्न उठेको भन्दै उहाँले हामीले सफल बनाएर देखाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो राष्ट्रिय महाधिवेशनबाट पूरै फुट्छन्, विभाजनमा जान्छन् भन्ने थियो, तर अहिले सफलता पूर्वक सम्पन्न भयो ।” निर्वाचनमा भाग लिएका साथीलाई अन्यथा सोच्ने भन्ने कुरा हुँदैन भन्दै नेम्वाङले यसलाई स्वभाविक रुपमा लिइने बताउनुभयो । पराजित भएकालाई सम्मानका साथ समेटेर सहभागी गराएर अघि बढ्ने उहाँको भनाइ थियो ।

‘सभ्यसमाज निर्माणमा स्थानीय जागरुकताको आवश्यकता’
गण्डकी, १५ मङ्सिर । गुणस्तरीय विकाससंगै सभ्यसमाज निर्माणमा स्थानीय समुदायको महत्वपूर्ण भूमिका हुनेमा आज यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित म्युजियममार्ग टोल सुधार समितिद्वारा आयोजित भेलामा वक्ताहरुले लक्षित योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्न स्थानीयवासीको जागरुकता अपरिहार्य हुने बताए ।पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका शाही योगीले भेलाको उद्घाटन गर्दै सामाजिक सङ्घसंस्थाले सुषुप्त अवस्थामा रहेको श्रमलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो । महानगरले विशेष गरी सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा ढल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै उहाँले सीमित स्रोतसाधनको बाबजुद पनि वडाको समग्र विकासमा निर्माणमा उपयोगकर्ता स्थानीय बासिन्दा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

खानेपानी उपभोक्ता समिति पोखरा १७ का अध्यक्ष कृष्णप्रसाद पौडेलले तीनै तहका सरकारको सहयोगमा वडामा ४५ किलोमिटर पाइप विस्तार गरिएको र साढे १८ किलोमिटर क्षेत्रमा पाइप विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।पोखराको ठूलो र सवैभन्दा बढी जनघनत्व रहेको यस वडाको खानेपानीको पाइप विस्तारका लागि पोखरा महानगरपालिकाबाट रु ८५ लाख, स्व रवीन्द्र अधिकारीको पहलमा रु ३४ लाख र प्रदेशसभा सदस्य कृष्ण थापाबाट रु ५० लाख आर्थिक सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो । २०५१ सालमा विस्तार गरिएको जीर्ण अवस्थाको दुई इन्चको पाइपबाट खानेपानीको असुविधा झेल्दै आएका सो मार्गमा प्रदेशसभा सदस्य कृष्ण थापाको रु १० लाखको सहयोगमा तीन इन्चको पाइप विस्तार गरिएको टोल सुधार समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले जानकारी दिनुभयो।

समितिको सक्रियतामा सो मार्गमा रहेको लगभग ६ आना सार्वजनिक जग्गामा बहुउद्देश्यीय भवन निर्माण गर्ने तयारीसहितको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उहाँले त्यसका लागि सबै क्षेत्रका साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गर्नुभयो । शुभकामना आमा समूहका अध्यक्ष हीरादेवी अधिकारी र समाजसेवी लिलबहादुर जिसीले सभ्य समाज निर्माणसँगै भाषा, संस्कृतिको संरक्षणमा स्थानीय समुदायले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष अनवीर थापाले रु ९० हजार ४५३ बराबरको आयव्यय प्रस्तुत गर्नुभएको कार्यक्रममा उपाध्यक्ष पार्वती खड्काले स्वागत एवम् सचिव भगवान श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।