कांग्रेसलाई विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा छ : सभापति देउवा

काठमाडौँ, १७ मङ्सिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा रहेको बताउनुभएको छ । प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै उहाँले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कांग्रेसको अगुवाइमा आएको उल्लेख गर्दै कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खडा गरेको बताउनुभयो । संविधान जारी भएपछि प्रदेशको यो ऐतिहासिक पहिलो अधिवेशन भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “केही महिनाभित्रै स्थानीय तहको निर्वाचन तथा एक वर्षभित्र सङ्घ र प्रदेशको निर्वाचनमा जाँदैछाँै । त्यसैले पनि १४आँै महाअधिवेशन लगत्तै हाम्रो ध्यान तीनै तहका चुनावतर्फ हुनुपर्छ । पार्टीका आन्तरिक चुनावमा हुने जितहार एउटा स्वभाविक प्रक्रिया हो, लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईहरुले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा पार्टीका सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि सहादत प्राप्त गर्ने योद्धाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले जननायक बिपी कोइरालाको विचार अनि अन्य अग्रज नेताको योगदानलाई स्मरण गर्दै अब सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउनुपर्ने उल्लेख गर्नुभयो । बलियो लोकतन्त्रमा मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुने भन्दै प्रधानमन्त्री देउवाले मुलुकको विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ भन्ने विगतका घटनाक्रमले पुष्टि गरिसकेको उल्लेख गर्नुभयो । “मलाई विश्वास छ, आज हुने प्रदेश अधिवेशनमा तपाईहरुले नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाउने तथा जनताको मन जित्ने गरी रणनीति बनाउने विषयमा पनि छलफल गर्नुहुनेछ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सहभागि सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत
खलङ्गा, १७ मङ्सिर । हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत भएको छ । हिउँदे बालीनाली उत्पादन गर्ने याममा वर्षा हुँदा यहाँका किसानलाई निकै राहत हुने तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताउनुभयो । जिल्लाका कतिपय ठाउँमा गहुँबाली छर्न बाँकी रहेकाले पानी परेपछि किसानले सहज भएको कृषि विकास कार्यालयले जनाएको छ । सिँचाइ सुविधा नभएर गहुँ छर्न पाएका थिएनौँ । वर्षापछि गहुँ छर्ने तयारी गरेका छौँ तिला गाउँपालिका–१ का स्थानीयवासी माने रावतले भन्नुभयो, “पानी परेकाले ज्यादै खुसी छौँ ।” सिँचाइको अभाव भएको ठाउँमा गहुँबाली खेतमा उत्पादन भएको थिएनन् । सिँचाइ सुविधा नभएको ठाउँका लागि हिउँदे वर्षाले सघाएको छ । ”

गहुँबालीका लागि मात्रै नभएर हिउँदे फलफूलकादेखि स्याउका नयाँ बिरुवालाई राहत गरेको छ । हिउँदे फलफूलका बिरुवा रोप्ने समय आएको छ । फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षा आवश्यक छ । अत्यधिक जाडो ,वर्षाले जुम्लाको उच्च लेकाली क्षेत्रमा जाडो बढाएको छ । केही क्षेत्रमा हिमपात भए पनि धेरै समय नरोकिएको स्थानीयवासीले बताएका छन् । वर्षासँगै जिल्लाको धेरैजसो ठाउँमा जाडो बढेको छ । जाडोले जनजीवन प्रभावित भएको चन्दननाथ नगरपालिका स्थानीयवासी राकेश शाहीले जानकारी दिनुभयो । बिहीबारदेखि लगातार हल्का वर्षा भइरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।