कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन : संस्थापन पक्षमा विभाजित, इतर पक्षलाई फाइदा

मोहन जोशी/धनगढी, १७ मंसिर । नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश अधिवेशनमा नेतृत्व चयन प्रक्रिया पेचिलो बनेको छ ।सुरुवाती चरणमा संस्थापन पक्षबाट प्रदेश सभापति र अन्य पदाधिकारीका लागि पाँचभन्दा बढी नेता आकांक्षी देखिएका छन् । संस्थापन इतर समूह पनि प्यानल बनाएर प्रतिस्पर्धामा उत्रने भएकाे छ ।

देउवा समूहमै रहेका सुदूरपश्चिमका प्रभावशाली कांग्रेस नेता रमेश लेखक र एनपी साउदको प्रतिस्पर्धाका कारण मनोनयन दर्ता हुने दिन संस्थापन इतर समूहले आफ्नो टिम बनाएको छ । सुदूरपश्चिम सभापतिका लागि रमेश लेखक समूहबाट कैलालीका नरनारायणा शाह (मनु), हिमबहादुर रावल, डोटीका पुष्पकुमार शाही, बझाङका अर्जुनबहादुर सिंह आकांक्षाी छन् भने एनपी साउद समूहबाट अछामका गोविन्दबहादुर शाहले उम्मेदवारी दिने घोषणा गरेका थिए ।

पाँच जना आकांक्षी देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरूको विकल्पमा थप दुई जनाको नाममा सहमति गर्न केन्द्रबाटै निर्देशन दिएको बुझिएइको छ । देउवाले डडेल्धुराका गोविन्दबहादुर बोहरा र डोडीका वीरबहादुर बलायरलाई उम्मेदवार तोक्दै दुईमध्ये एक जनामा सहमति गरेर प्रदेश सभापति छान्न दिर्नेशन दिएका छन् ।

तर उनीहरूमा सहमति जुट्न नसक्दा सुदूरपश्चिममा कमजाेर मानिएको संस्थापन इतर समूहले अर्को साझा उम्मेदवारका रूपमा अघि सारेको छ । संस्थापन इतर समूहले कैलालीका नारायणदत्त मिश्रलाई साझा उम्मेदवारका रूपमा अघि सारेको छ । मिश्र अहिले आफ्नो टिम बनाउन व्यस्त छन् ।
सुदूरपश्चिमको बैतडी, दार्चुला र बाजुरामा मात्रै संस्थापन इतर समूह बलियाे छ । अन्य ६ जिल्लामा देउवा समूह बलियो छ ।

सभापतिमा सात जनाभन्दा बढी आकांक्षी भएपछि सुदूरपश्चिममा बिहान ८ बजेदेखि सुरु हुने भनिएको उम्मेदवारी मनोनयन दर्ता प्रक्रियासमेत दिउँसो २ बजेसम्मका लागि सारिएको छ । २ बजेसम्म सहमति हुन नसकेमा कांग्रेस प्रदेश सभापतिका लागि आधा दर्जन बढी उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

कांग्रेस प्रदेश अधिवेशनले एक जना सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक महिलासहित तीन जना सहमहामन्त्री चयन गर्ने छ ।यसैगरी सदस्य खुलातर्फ तीन महिलासहित ११ जना, भूगोलतर्फ प्रत्येक जिल्लाबाट एक महिलासहित १८ जना, खस आर्य कोटाबाट ६ महिला ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट एक जना, दलित कोटाबाट एक महिलासहित तीन जना, मधेसी कोटाबाट एक जना, थारु कोटाबाट एक महिला र दुई खुला गरी तीन जना, मुस्लिमबाट एक, अपांगता भएका एक जनासहित ५९ सदस्यीय प्रदेश समिति चयन गर्ने छ ।

अधिवेशनमा नौ जिल्लामा पर्ने १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेश सभा क्षेत्रबाट गरी साढे नौ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रदेश अधिवेशनका लागि कांग्रेसले केन्द्रीय सदस्य तथा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिको बैठकले पाँच सय एक सदस्यीय आयोजक समिति विस्तार गरेको छ । त्यस्तै, कांग्रेस कैलालीका सभापति नरनारायण शाहको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन समिति तथा अन्य सातवटा उपसमिति समेत गठन गरिएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।