नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा -कांग्रेस महाधिवेशन

वीरगञ्ज, १९ मङ्सिर ।नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रल्हद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन सकेको छैन् ।मतदाता नामावली प्रकाशन हुन नसक्दा अन्य निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको अधिकृत गौतमले जानकारी दिनुभयो । सर्लाहीका चार, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नं ४ र रौतहटको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन ।

प्रदेश २ को सबै जिल्लाका प्रतिनिधि छनोट भएपछि कूल मतदाता एक हजार ८८८ पुग्ने छन् । निर्वाचन हुन बाँकी रहेका जिल्लाको प्रदेश अधिवेशनमार्फत छनोट हुने प्रतिनिधिको नामवली समावेश गरी बल्ल निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने निर्वाचन नभएका जिल्लाका नेता कार्यकर्ताको माग छ । जनकपुरधाममा रामजानकी विवाहमहोत्सव प्रारम्भ भइसकेको र पार्टीको महाधिवेशनको मूलसमारोह आगामी २२ मङ्िसरमा रहेकाले प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि नै धकेलिने अनुमान गरिएको छ । निर्वाचन प्रक्रिया अन्योलमा परेपछि आज पार्टी उपसभापति बिमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेता जनकपुरमा छलफलमा जुट्दै हुनुहुन्छ । छलफलपछि औपचारिक रुपमा निर्वाचन प्रक्रियाबारे सूचना जारी गर्ने निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । यस अगावै प्रदेश सभापतिका लागि रौतहटका कृष्णा यादव र प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

काठेखोलामा कृषि तथा पशु उद्यमशील परियोजना
गलकोट, १९ कात्तिक । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले हेफर इन्टरनेशनलसँगको सहकार्यमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सुरु गरेको छ । गाउँपालिकाका आठवटै वडाका कृषकको हितलाई ध्यानमा राखेर रु तीन करोड ७३ लाख ३३ हजारको लागतमा उक्त परियोजना सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताउनुभयो । “कृषकको चाहनामा आधारित उद्यम सञ्चालनका लागि हामीले कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सञ्चालन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, “कृषकलाई कृषि र पशुपालनका क्षेत्रमा सङ्गठित गर्दै उत्पादन बढाउनका लागि यो परियोजना धेरै उपयोगी हुने अपेक्षा गरेका छौँ ।”कृषकले कृषि र पशुपालनका क्षेत्रमा आफूले चाहेको व्यवसाय गर्न पाउने गरी सञ्चालन हुन लागेको तीनवर्षे यो परियोजनाका लागि गाउँपालिकाका अध्यक्ष थापा र हेफरका सहनिर्देशक दुर्गा केसीले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

यो परियोजनाको व्यवस्थापन भीमापोखरा युवा क्लब (विवाइसी)ले गर्ने भएको छ परियोजनाका लागि वडास्तरमा कृषि समूह गठन गरी उद्यमीको प्रवद्र्धन, उद्यमीले उत्पादन गरेका उत्पादनको बजारीकरण गरिने विवाइसीका कार्यक्रम संयोजक चुडामणि उपाध्यायले जानकारी दिनुभयो ।परियोजनाका लागि गाउँपालिकाले पहिलो वर्ष रु ८० लाख, दोस्रो र तेस्रो वर्ष रु एक÷एक करोड लगानी गर्ने र त्यसको २५ प्रतिशत रकम हेफरले लगानी गर्ने अध्यक्ष थापाले बताउनुभयो । परियोजनाका लागि प्रशासनिक र तालिमका कार्यक्रम सबै हेफरले गर्ने भएको छ ।परियोजनामार्फत उद्यमशीलताको विकास गरी कृषकलाई सहकारीमा आबद्ध गराउँदै उनीहरुद्वारा उत्पादित सामान सङ्कलन र बजारीकरण गर्ने परियोजनाको लक्ष्य छ ।

हेफरले यसअघि विवाइसीसँगको साझेदारीमा गाउँपालिका– ४ तङ्ग्राममा पशुबस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना परियोजना सञ्चालन गरेको थियो ।उक्त परियोजनामार्फत सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थाले बाख्रा उत्पादन गर्दै आएका छन् । करिब आठ वर्षदेखि सञ्चालनमा रहेको परियोजनामार्फत दुई सहकारीले बाख्रा बेचेर वार्षिक रु तीन करोडभन्दा बढी आयआर्जन गरेका छन् । कृषकलाई उत्पादनमा केन्द्रित गराउने र उनीहरुबाट उत्पादित वस्तुको सङ्कलन र बजारीकरणका लागि सहकारीलाई परिचालन गरिँदै आइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।