धनकुटामा पुष ३ देखि ५ गते सम्म प्रदेश न १ स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने
धनकुटा,१९ मंसिर । धनकुटामा यही पुष ३ गते देखि ५ गते सम्म प्रदेश न १ स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने संचालन हुने भएको छ । धनकुटामा आज पत्रकार संमेलन आयोजना गर्दै आयोजक धनकुटा जिल्ला व्याडमिन्टन संघले पुष ३ गते देखि ५ गते सम्म प्रदेश न १ स्तरिय प्रतियोगितामा अन्डर सेभेन्टिन, महिला पुरुष, खुल्ला पुरुष मिक्स डवल, भेट्टान्स ४५ बर्ष माथी र ५५ बर्ष खुल्ला प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा अन्डर सेभेन्टिन तर्फ महिला, पुरुष तर्फ प्रतियोगितामा प्रथम हुने लाई १५ हजार, दोस्रो हुने लाई १० हजार र तेस्रो हुनेले ५ हजार नगद प्रमाण पत्र गर्नै छन् । त्यस्तै पुरुष खुल्ला तर्फ तर्फ प्रतियोगितामा प्रथम हुने लाई १५ हजार, दोस्रो हुने लाई १० हजार र तेस्रो हुनेले ५ हजार नगद प्रमाण, पूरुष खुल्ला तर्फ प्रतियोगितामा प्रथम हुने लाई ४० हजार, दोस्रो हुने लाई २५ हजार र तेस्रो हुनेले १५ हजार नगद र प्रमाण प्रमाण पत्र प्राप्त गर्ने छन् ।
त्यस्तै मिक्सडबल तर्फ प्रथम हुने लाई २५ हजार, दोस्रो हुने लाई १५ हजार र तेस्रो हुनेले १० हजार र नगद प्रमाण प्राप्त गर्ने छन् । भेट्टान तर्फ ४५ बर्ष माथी प्रथम हुने लाई ३० हजार, दोस्रो हुने लाई २० हजार र तेस्रो हुनेले १० हजार नगद र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै भेटान्स ५५ बर्ष माथीको प्रतियोगितामा प्रथम हुने लाई प्रथम हुने लाई २५ हजार, दोस्रो हुने लाई १५ हजार र तेस्रो हुनेले १० हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक किरण प्रधानले जानकारी दिनु भयो ।
प्रतियोगितामा २ सय ५० खेलाडीको सहभागिता रहने र प्रतियोगितामा सम्पन्न गर्न करिब १२ लाख लाग्ने आयोजक समितीका अध्यक्ष यज्ञश्वर श्रेष्ठले जानकारी दिनु भयो । पत्रकार संमेलनमा बोल्दै पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले प्रतियोगिताको सफलताको काम शुभकामना दिनु भएको थियो । संमेलनमा धनकुटा जिल्ला व्याडमिन्टन संघ सचिब शिखर प्रधान लगायतको उपस्थिती रहेको थियो ।
चालू वर्षको पहिलो चार महिनाः कृषिजन्य वस्तुको निकासी र आम्दानी घट्यो
इलाम, १९ मंसिर/चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट निर्यात हुने सामग्रीको आम्दानी १०४.३ प्रतिशतले बढेको छ । तर, निर्यातमा मुख्य हिस्सा ओगट्ने कृषिजन्य वस्तुबाट प्राप्त हुने आम्दानी भने ह्वात्तै ओरालो लागेको छ ।नेपालबाट निर्यात हुने अलैची, चिया, अदुवालगायतका वस्तुको ओरालो लागेको हो । भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल, पोलिष्टार तथा धागो, ऊनी, गलैचा, जुटलगायतका सामानको निकासीबाट प्राप्त हुने आम्दानी वृद्धि हुँदा मुलुकमै उत्पादन र प्रशोधन भएर निर्यात हुने कृषिजन्य वस्तुको निकासीबाट भित्रिने आम्दानी भने ओरालो लागेका हो ।
नेपालमै उत्पादन र प्रशोधन भएर बिक्रीका लागि विदेश निर्यात गरिने चियाको निकासीबाट प्राप्त हुने आम्दानी ह्वात्तै घटेको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ साउनदेखि मंसिरसम्मको तुलानामा चालू आव २०७८/७९ को साउनदेखि कात्तिकसम्ममा ४७.१७ प्रतिशतले ह्रास आएको वैदेशिक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ ।
आव २०७७/०७८ पहिलो चार महिनामा ७४ लाख दश हजार तीन सय ८६ किलो तयारी चिया निर्यात भएको थियो । त्यसको निर्यातबाट दुई अर्ब ३३ करोड चार लाख र ४७ हजार रुपैयाँ आम्दानी भएको थियो । तर, चालू आव २०७८/७९ को पहिलो चार महिनामा ४२ लाख ५२ हजार सात सय २३ किलो तयारी चिया विदेश निर्यात भएको छ ।
यति परिमाणमा चियाको निर्यात हुँदा एक अर्ब २३ करोड ११ लाख ४५ हजार रुपैयाँ मात्रै आम्दानी भएको छ । अघिल्लो वर्ष चैत वैशाखमा रोकिएको चिया पछि निर्यात भएकाले आर्थिक वर्षको पहिलो चार महिनामा धेरै चिया निर्यात भएको देखिएको केन्द्रीय चिया उत्पादक सहकारी संघका महासचिव रवीन राई बताउँछन् । ‘पोहोर चैत वैशाखका बेला स्याम्पल पास भएको चिया पनि पछि मात्रै गयो, त्यही भएर साउनयता चिया निकासी बढेको थियो’, उनले भने, ‘यो पटक नियमित रूपमै चिया निकासी भइरहेको छ, उत्पादन घटेर निकासी कम भएको होइन ।’ मंसिरयता भने भारतीय अवरोधका कारण चिया निकासी कम भएको राईले बताए ।
नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुमध्ये अग्रणी स्थान ओगट्ने अलैंचीको निकासीबाट हुने आम्दानीमा २१ प्रतिशतले कमी आएको छ । आव २०७७/७८ को साउन-कात्तिक महिनाको अवधिमा २५ लाख ६२ हजार २४ किलो अलैंची विदेश निर्यात हुँदा दुई अर्ब तीन करोड ४५ लाख २५ हजार रुपैयाँ रकम आम्दानी भएको थियो । चालू आव २०७८/७९ मा भने १८ लाख ९६ हजार ६५० किलो अलैंचीको निकासी गर्दा एक अर्ब ६० करोड, ६० लाख ५७ हजार रुपैयाँ आम्दानी भएको व्यपार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा उल्लेख छ ।
नेपालमा अलैंचीको उत्पादनमा कमी आएको र यो सिजनमा भारतमा अलैंची उत्पादन भएकाले नेपालबाट हुने अलैचीको निकासी घटेको व्यवसायी बताउँछन् । ‘असोजदेखि मंसिरसम्म भारतको आसाममा उत्पादन भएको अलैंची बजारमा आउँछ, भारतीय उत्पादन नै बजारमा आएपछि नेपालमा यसको माग कम भएको हो’, अलैंची व्यवसायी संघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले थपे, ‘अर्को नेपालमा अलैचीको भाउ बढेकाले पनि नेपाली अलैचीको माग कम भएको हुन सक्छ ।’
नेपालमा अहिले अलैचीको भाउ चार वर्षयताकै उच्च छ । एक साताअघिसम्म नेपाली बजारमा प्रतिमन (४० किलो) अलैचीको मूल्य ५० हजार रुपैयाँ थियो । अहिले भने अलैचीको भाउ घट्दै गएको छ । अहिले प्रतिमन अलैंची ४२ हजार रुपैयाँका दरले किनबेच भइरहेको कार्कीले बताए । अघिल्लो वर्ष यो सिजनमा प्रतिम अलैचीको मूल्य २४-२५ हजार रुपैयाँ थियो ।
अदुवाको निर्यातसमेत कमजोर भएको छ । अदुवाको विदेश निर्यातबाट प्राप्त हुने आम्दानी २९ प्रतिशतले कम भएको हो । अदुवाको विदेश निर्यात हुने परिमाणमा धेरै कम नभए पनि यसको बिक्रीबाट हुने आम्दानी भने कम भएको हो । अघिल्लो आव २०७७/७८ मा ३९ लाख ५० हजार ७०० किलो अदुवा निकासी भएकोमा आव २०७८/७९ मा भने ३८ लाख १८ हजार ६० किलो अदुवा निकासी भएको छ । तर, अघिल्लो आवमा अदुवा निर्यातबाट २१ करोड ९९ लाख ४९ हजार रुपैयाँ आम्दानी भएको थियो । चालू आवमा भने १५ करो ४५ लाख ४६ हजार रुपैयाँ मात्र आम्दानी भएको तथ्यांक छ ।
अघिल्लो सिजनको तुलनामा अदुवाको मूल्यमा गिरावट आएकाले निर्यातबाट हुने आम्दानीसमेत कम भएको व्यवसायी बताउँछन् । अघिल्लो वर्ष यही सिजनमा २५ सय रुपैयाँ प्रतिमनका दरले किनबेच भएको अदुवाको भाउ अहिले प्रतिमनको ५-६ सय रुपैयाँ मात्रै छ । ‘भाउ नभएकाले धेरैले अदुवा खनेका पनि छैनन्’, उद्योग वाणिज्य संघ इलामका वरिष्ठ उपाध्यक्षसमेत रहेका व्यवसायी कृष्ण पौडेलले भने,‘ खेतालाको रोज पनि नधान्ने भाउ छ कस्ले अदुवा खन्छ ?’
सरकारले कृषिउपजलाई समेत विदेश नियकासीयोग्य वस्तुको सूचीमा राखेको छ । निकासीयोग्य वस्तुमा सूचीकृत उपजलाई निर्यात बढाउन बजार प्रवर्द्धन गर्ने भनिएको छ । कच्चा पदार्थको रूपमा नेपाल भित्रिएर निकासी हुने वस्तुको निकासी ह्वात्तै बढेको छ ।


