माओवादी केन्द्रकाे वडा सम्मेलन : प्यानलकै उम्मेदवारबीच भिडन्त

विशाल बस्नेत/महोत्तरी, २० मंसिर । नेकपा माओवादी केन्द्र महोत्तरीको वडा तथा नगर सम्मेलनमा आकाङ्क्षीहरू धेरै भएपछि विवाद चर्किएकाे छ । उम्मेदवारहरूकाे आ आफ्ना दाबी र अडानका कारण सम्मेलन नै अन्नयाेलमा परेकाे छ छ ।नेकपा माओवादी केन्द्र महोत्तरीका अनुसार एक सय ३७ वडामध्ये एक ३० वडामा सम्मेलन सकिएकाे छ भने बाँकी सात वडामा विवाद कायम नै छ । केही पालिकाहरूमा विवाद कै कारण सम्मेलनको बन्दसत्र स्थगित भएका छन् ।

जिल्लाका १५ पालिकामध्ये अहिलेसम्म नाै पालिकामा सफलतापुर्वक सम्मेलन समपन्न भएको माओवादी केन्द्रले दाबी गरे पनि आन्तरिक कलह उत्कर्षमा छ । बर्दिबास नगरपालिकामा १७ मंसिरमा हुने भनिएको अधिवेशन आकाङ्क्षीहरूको विवादका कारण स्थगित भएकाे छ । महोत्तरीमा विवाद कै कारण माओवादीका शीर्ष नेताहरू पालिकाका उद्घाटन र बन्दसत्रमा सहभागी बनेका छन् । पुर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अहिले महोत्तरीमै छन् ।

रागोपालपुर नगरपालिका र भंगाहा नगरपालिकामा असहमतिका बीचमा पदाधिकारी मनोनित गरेको स्थानीय नेताको आरोप छ । सम्मेलनमा माओवादी केन्द्र महोत्तरीमा इन्चार्ज राजु खड्का र संसद गिरिराजमणि पक्ष गरी दुई वटा प्यानल बनेकाे छ ।दुवै नेता आ-आफ्नै उम्मेदवार चयन गर्बन लागिपरेका छन् । खड्का र पोखरेलबीच देखिएको अडानले सर्वसम्मत हुन भने निक्कै अप्ठ्यारो बनिरहेको एक नेताले बताए ।

यता, कतिपय वडाका सम्मेलन अझै निश्चित हुन सकेकाे छैन् । पुसमा हुने भनिएको माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा वडा सम्मेलन अन्यौलमा पर्दा प्रतिनिधि छनोटमा समेत अफ्ठ्यारो स्थिति सिर्जना भइरहेकाे छ ।माओवादी केन्द्रको नगरपालिकाका लागि ६५ सदस्य र गाउँपालिकाका लागि ५५ सदस्य चयन गर्नुपर्ने प्रावधान छ । तर, सम्मेलन भैइसकेका कतिपय पालिकामा विवाद कै कारण कतिपय पदहरू रिक्त छन् ।

गौशाला नगरपालिकामा अझै दुई पद खाली राखेर सम्मेलन सम्पन्न गरेको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए । बर्दिबास नगरपालिकाको स्थगित बन्दसत्र २२ मंसिरलाई निर्धारण गरिएको छ । सकेसम्म सर्वसम्मत गर्ने नत्र निर्वाचन प्रक्रियामा गएर भए पनि २२ मंसिरमा बर्दिबासको अधिवेशन समपन्न गर्ने माओवादी केन्द्रको तयारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।