कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएकी महिलाको मृ,त्यु

वाग्मती, २१ मङ्सिर ।कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृ,त्यु भएको छ । हेटाँैडा उपमहानगरपालिका–१४ का ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृ,त्यु भएको हो । हेटाँैडा अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त विडारीका अनुसार चार दिन अघि ति महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गाैला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोना विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

विवाहपञ्चमी केन्द्रित ‘हेल्थ डेस्क’ सञ्चालन
महोत्तरी, २१ मङ्सिर ।विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै महोत्तरीका नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका छन् । महोत्सवका लागि अयोध्याबाट आउने जन्ती र छिमेकका भारतीय बस्तीबाट नेपाल प्रवेश गर्ने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनका लागि जिल्लाका नेपाल–भारत सीमाक्षेत्रका प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका हुन् । जिल्लामा महोत्सवका लागि भारतीयहरू आउने मटिहानी र भिठ्ठामोर मुख्य प्रवेश नाका रहँदै आएका छन् ।

जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी महोत्सवकै मुखमा भारतका विभिन्न ठाउँमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण पुष्टि भएपछि पूर्वसजगताका लागि ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको मटिहानी नगरपालिकाले जनाएको छ । नाकामा नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सामाजिक सङ्घसंस्थाका अगुवा सम्मिलित दुईवटा टोली परिचालित गरिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । अतिआवश्यक स्वास्थ्य सामग्री थर्मलगन, मास्क, सेनिटाइजर लिएर बसेका टोलीले नेपाल प्रवेश गर्नेको प्रारम्भिक स्वास्थ्य जाँच गरेर अनिवार्य मास्क लगाउने प्रबन्धसाथ प्रवेशको व्यवस्था मिलाएको छ ।

महोत्सवमा स्वास्थ्य सजगता अपनाउन मटिहानीका मुख्य नाका, मठमन्दिर, बजार र रामजानकी सडक (मटिहानी–जनकपुर सडक) क्षेत्रमा स्वास्थ्य सजगता अपिल गरिएका ‘होर्डिङबोर्ड’ राखिएका छन् । भारतबाट आउने र यहीँकै स्थानीयवासीमा पनि नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध सचेतताका लागि यो प्रयत्न थालिएको नगरप्रमुख मण्डलको भनाइ छ । यसैगरी भिठ्ठामोर प्रवेश नाकामा पनि जलेश्वर नगरपालिकाको स्वास्थ्य शाखा, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि सम्मिलित टोली परिचालित गरिएका छन् ।

महोत्सवमा अयोध्याबाट आउने जन्तीको प्रवेश नाका मटिहानी र भिठ्ठामोर हुने गरेको छ । विगत वर्षमा महोत्सवमा भारततर्फबाट निकै भीड पस्ने गरे पनि गत वर्ष महाव्याधि छल्न नाका बन्द नै रहेको र यसपालि पनि सो असर पूर्ण नियन्त्रण नभइसकेको हुँदा प्रवेश गर्नेको सङ्ख्या घटेको देखिँदो छ । महोत्सवको मुख्य दिन विवाहपञ्चमीको एक दिनपूर्व भारतीय श्रद्धालु नेपाल प्रवेश गर्ने पुरानो परम्परा छ । यसअनुसार भोलिको पञ्चमीका लागि भारतीय साधुसन्त र सर्वसाधारण आज नेपाल प्रवेश गर्नेछन् । नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँचसहित प्रारम्भिक आकष्मिक उपचारलाई पनि मध्यनजर गर्दै औषधिको व्यवस्था पनि मिलाइएको मटिहानी नगरपालिकाले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।