‘जो दाहसंस्कारका लागि निःशुल्क दाउरा वितरण गर्नुहुन्छ’
महेन्द्रनगर, २१ मङ्सिर ।कञ्चनपुरको बेदकोट नगरपालिकाका पवन सिंहलाई व्यवसायी एवं व्यापारी मात्रै भने त्यो अपूरो हुन्छ । दाहसंस्कारका लागि प्रायः सबैतिर दाउराको समस्या हुन्छ । उहाँले सो सामाजिक उत्तरदायित्वको भावना बोध गरेर मलामीलाई निःशुल्क रुपमा दाउरा वितरण गर्दै आउनुभएको छ । कञ्चनपुरमा मात्र होइन् उहाँले भूकम्पका बेला दाहसंस्कारका लागि दाउरा काठमाडाँैसमेत पठाउनुभयो । यस्तै कोरोना कहरमा मृत्यु भएकाको शव व्यवस्थापनका लागि समेत सिंहले निःशुल्क दाउरा उपलब्ध गराउनुभयो । कञ्चनपुरमा शव व्यवस्थापनका लागि दाउरा माग्न आउने जोकोहीलाई पनि सिंहले खाली हात फर्काउनुहन्न् । श,व व्यवस्थापन गर्न समस्या भएका सबैलाई काष्ठ व्यवसायी सिंहले दाउरा उपलब्ध गराउँदै आउनुभएको छ ।
सुडामा रितुल सःमिल सञ्चालन गर्दैआउनु भएका सिंहले डेढ दशकदेखि मलामीलाई निःशुल्क दाउरा वितरण गर्दै आएको बताउनुभयो । “भू,कम्पका बेला रु ६० हजार ट्रकको भाडा तिरेर श,व व्यवस्थापन गर्न काठमाडौँ दाउरा पठाएको थिएँ”, उहाँले भन्नुभयो, “कोभिड–१९ मा कञ्चनपुरमा एकै दिन दश जनाले ज्यान गुमाउँदा पनि मैले सबैलाई आवश्यक पर्ने गरी दाउरा दिएँ ।” विशुद्ध सामाजिक भावनाका साथ सो दाउरा उपलब्ध गराउने गरेको सिंह बताउनुहुन्छ । “मलामी आए दाउराका लागि मेरोमा कुनै रोकटोक छैन्”, उहाँले भन्नुभयो । राज्यले श,व जलाउन दाउराको व्यवस्थापन गर्न नसकिरहेका बेला एक व्यवसायीले गरेको समाजसेवाको कदर गरिनुपर्ने महेन्द्रनगरका स्थानीयवासी भोजराज बोहरा बताउनुहुन्छ । “महाकाली घाटमा आउने मलामीलाई दाउरा उपलब्ध गराएर सिंहले समाजलाई ठूलो गुन लगाएका छन्”, उहाँले भन्नुभयो, “निःस्वार्थ भावले लाखौं रुपैयाँको दाउरा प्रदान गर्नु पुण्य काम पनि हो ।”
“महेन्द्रनगर बजार र त्यस आसपासका क्षेत्रमा सामुदायिक वन नहुँदा शव व्यवस्थापन गर्न दाउरा किन्नुपर्ने हुन्छ”, महेन्द्रनगरका देवराज जोशीले भन्नुभयो, “सबैैजसोलाई सिंहले दाउरा उपलब्ध गराउँदै आउनुभएको छ ।” सेनाले श,व व्यवस्थापन गर्ने क्रममा पनि सिंहले नै दाउरा उपलब्ध गराउनुभयो । “आपतविपत्का बेला सिंह नै काम लाग्नुहुन्छ”, जोशीले भन्नुभयो । समाजसेवामा सधँै अग्रसर रहने सिंहले पछिल्लो समय राजनीतिमासमेत सक्रियता बढाउनुभएको छ । हालै सम्पन्न नेपाली कांग्रेस कञ्चनपुरको अधिवेशनबाट सिंह जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित हुनभएको छ ।
मुख्यमन्त्री शाहीद्वारा कांगे्रस सहमहामन्त्रीको उम्मेदवारी घोषणा
कर्णाली, २१ मङ्सिर ।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांगे्रसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । कांगे्रसका केन्द्रीयसमेत रहनुभएका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले हालसम्म तीन कार्यकाल केन्द्रीय सदस्य भई पार्टी हितमा कुशलतापूर्वक भूमिका निर्वाह गरेका कारण यस पटक सहमहामन्त्री पदमा उहाँले मनोनयन दर्ता गर्ने बताउनुभयो । हुम्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्दै मुख्यमन्त्री हुनुभएका शाही यसअघि सङ्घीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन र खानेपानीमन्त्री भइसक्नुभएको छ । प्रदेशसभामा कांगे्रसको ६ सिट मात्र भए पनि वर्तमान सत्ता गठबन्धन निर्माणको सुरुवात कर्णालीबाटै आफूहरुले गरेकाले पार्टी नेताहरुले उक्त भूमिकाको मूल्याङ्कन गर्दै सहमहामन्त्रीको जिम्मेवारी दिनुपर्ने शाहीको भनाइ छ ।


