राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृत : पुस २० गते उम्मेदवारी दर्ता

काठमाडौँ, २१ मङ्सिर। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका आगामी पुस १ देखि १० गतेसम्म दर्ता गर्नुपर्नेछ । निर्वाचन कार्यक्रम अनुसार आगामी पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आप्mनो नाम समावेश गर्नका लागि दरखास्त दिनसक्नु हुनेछ । आयोगका अनुसार, मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले सोही मितिमा आप्mनो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजूरी दिनसक्नेछन् ।

यसैगरी पुस १८ र १९ गते निवेदन तथा उजूरी उपर छानबिन र कारबाही गर्ने एवं अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार, पुस २० गते उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेद्वारको सूची प्रकाशन गरिने छ ।पुुस २१ गते उम्मेद्वारको विरोधमा उजूरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजूरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेद्वारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेद्वारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ । माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएका मतदान केन्द्रमा मतदान हुने कार्यक्रम छ ।

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण
वीरगञ्ज, २१ मङ्सिर । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ । भारतबाट नेपाल प्रवेश यात्रुलाई गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० को निर्णय अनुसार भारतबाट आउनेलाई सबैलाई अनिवार्य स्वाथ्य परीक्षण गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार वीरगञ्जको शङ्कराचार्य गेटमा आवागमनमा कडाइ गर्नुका साथै स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो । नेपाल र भारत दुवै देशमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्तीे वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनःजिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रजिअ ढकालले जानकारी दिनुभयो । यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीरगञ्जस्थित सूर्य हस्पिटलले ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।