कांग्रेस महाधिवेशन : ४३१९ प्रतिनिधि छनोट (नामावलीसहित)

काठमाडौं, २२ मंसिर/नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंगलबार चार हजार ३१९ प्रतिनिधि छनोट भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट चार हजार ३१९ प्रतिनिधि चयन भएका हुन् ।

कांग्रेसको केही जिल्लामा अधिवेशन हुन बाँकी छ । सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन ।

यसकारण आफ्नै क्षेत्रमा हारे कांग्रेस नेता अमरेश सिंह
सर्लाही, २२ मंसिर/नेपाली कांग्रेसका सांसद नेता अमरेशकुमार सिंह पार्टीकाे महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । १४औँ महाधिवेशनमा केन्द्रमा चुनाव लड्ने तयारीमा रहेका सिंह आफ्नै निर्वाचन क्षेत्र सर्लाही-४ मा पराजित भएका हुन् । सर्लाही-४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बन्दा सिंह २४८ मत पाएर पराजित भए ।

यससँगै केन्द्रमा प्रभाव राख्ने सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भए । का छन् ।उनी प्यानलसहित पराजित भएका हुन् । मन्त्री सिंहको प्यानलबाट सुरेन्द्रप्रसाद सिंह ५ सय १६, वीरेन्द्रप्रसाद सिंह ५ सय १४, राजेश्वरप्रसाद सिंह ५ सय १४, रघुवीर कार्की ५ सय १३ मतसहित महाधिवेशन प्रतिनिधि बनेका छन् ।क्षेत्रीय सभापतिमा रामआश्रय साह विजयी भएका छन् । साहले ५ सय १६ मत ल्याउदा उनका प्रतिद्वन्द्वी हरेन्द्र सहनीले २ सय २० मत ल्याएका छन् ।

किन हारे सिंह ?

सर्लाही-४ मा क्रियाशील सदस्यता वितरणमा मन्त्री वीरेन्द्रप्रसाद सिंह र सांसद अमरेशकुमार सिंहबीचको टकराव थियो । कांग्रेसलाई नै भोट दिएकालाई क्रियाशील सदस्यता दिँदा अमरेशले विनाकारण लफडा गरेकाे आरोप मन्त्री सिंहले लगाउँदै आएका थिए ।
त्यसैले वडा अधिवेशन पनि निर्धारित समयमा भएन । क्षेत्रीय अधिवेशन पनि ढिलाे गरी भइएकाे छ ।

१३औँ महाधिवेशनमा क्षेत्रमा आफ्नो अनुकुल राजनीतिक अवस्था सिर्जना गरेका अमरेश संघीय संसादमा उम्मेदवारी दिँदा क्षेत्रका बलिया नेतामा पर्थे । उनलाई निर्वाचित गराएपछि विकास निर्माणका काम अगाडि बढ्ने कांग्रेस मतदाताकाे अपेक्षा थियाे । किनकि उनी कांग्रेसमा प्रभाव पार्नसक्ने नेता थिए ।

तर, सांसद बनेपछि उनले मतदाता मात्र हाेइन स्थानीय नेता-कार्यकर्तासँग दूरी बढाए । सर्लाही-४ का नेता श्याम कार्की आफ्नै दम्भका कारण सिंह पराजित भएकाे बताउँछन् । ‘उहाँले कार्यकर्ता र स्थानीयको अपेक्षाभन्दा पनि आफ्नै खुसीमा योजना ल्याउनु भयो । ती योजना नाममा मात्र सम्पन्न भए,’ कार्कीले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖