सर्लाही कांग्रेस : दुई क्षेत्रमा संस्थापन इतर विजयी, जिल्ला सभापति पनि पराजित

एसवी थापा/सर्लाही, २३ मंसिर ।नेपाली कांग्रेसको सर्लाही दुई क्षेत्रमा संस्थापन इतरले सभापति जितेको छ । बिहीबार सम्पन्न मतगणना अनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा संस्थापन इतरले क्षेत्रीय सभापति पाएको हो । निर्वाचन परीणाम अनुसार क्षेत्र नम्बर १ मा इतर पक्षका हरि लुंगेली मगर निर्वाचित भएका छन् । उनले संस्थापन पक्षका कुवेर आचार्यलाई हराएका हुन् ।

क्षेत्र नम्बर २ काे क्षेत्रीय सभापतिमा कौशल किशोर राय विजयी भएका छन् । उनी पनि संस्थापन इतरका हुन् ।

महाधिवेशन प्रतिनिधिमा इतर नै हावी, जिल्ला सभापति हारे

महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन इतर नै हावी छ । जिल्ला सभापति नागेन्द्रकुमार राय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । पूर्वजिल्ला सभापति एवं इतरका लक्षण राय यादव महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।जिल्ला सभापतिका भतिजासमेत रहेका नितेश राय पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

निर्वाचन अधिकृतको सचिवालयका अनुसार महाधिवेशन क्षेत्र नम्बर १ बा६ प्रतिनिधिमा संस्थापन इतरका १५ जना र संस्थापनका ९ जना मात्र विजयी भएका छन् । दुवै पक्ष प्यानसहित चुनावी मैदानमा उत्रिए पनि मतपरीणाम भने मिश्रित आएको कांग्रेस सर्लाहीले जनाएको छ । पूर्वमन्त्रीसमेत रहेका शम्भुलाल श्रेष्ठले आदिवासी जनजाती कोटाकाे सहारा लिएर महाधिवेशन प्रतिनिधि बने ।

यस क्षेत्रको निर्वाचन परिणामलाई संस्थापन इतरका लक्षमण राय र संस्थापनका नागेन्द्र कुमार राय बीचकाे हारजितको रुपमा हेरिएको छ ।क्षेत्र नम्बर ३ मा भने मतगणना जारी छ । क्षेत्रीय सभापतिमा संस्थापन पक्षबाट पुण्यहरि घिमिरे र इतरबाट भिखारी राय चुनावी मैदानमा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।