पाख्रीबासमा भोलिबाट खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिता सुरु हुंदै
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाको वडा ५ मा खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिता भोलिबाट हुने भएको छ । अन्तरराष्ट्रिय हरियाली मन्च धनकुटाको आयोजनामा हुन लागेको प्रतियोगिता पाख्रीबास नपाको वडा नं.५, गैरिगाँउ(मगर टोल) मा मंसिर २६ सम्म सम्म संचालन हुनेछ ।
आयोजकका अनुसार प्रथम,दोस्रो पुरस्कार क्रमश नगद रु. ५१,०००(एकाउन्न हजार मात्र),ट्रफी,मेडल र प्रमाणपत्र र नगद रु. २१,०००(एक्काईस हजार मात्र), ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ भने विभिन्नविधागत पुरस्कारहरुको पनि व्यवस्था गरिएको छ ।
प्रतियोगिता संगै सॉंस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ । कार्यक्रममा चर्चित गायक तथा संगीतकार सुबि राई,गरिमा डान्स सेन्टर धरान र स्थानिय कलाकारको बेजोड प्रस्तुति रहनेछ ।
रामचन्द्र पौडेलबिनाको कांग्रेसको अन्तिम बैठक
काठमाडौं, २३ मंसिर /नेपाली कांग्रेसको मौजुदा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । १३औँ महाधिवेशनबाट चयन भएको कार्यसमितिको सो बैठकलाई अन्तिम बैठक पनि भनिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरू सहभागी सो बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले भने बहिस्कार गरेका छन् । बैठकले विधान संशोधन गर्ने तयारी गरेपछि पौडलले बहिस्कार गरेको बताइएको छ ।
शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनका विषयमा छलफल गर्न भनेर डाकिएको सो बैठकमा विधान संशोधन प्रस्ताव लैजाने तयारी भएको थियो । नेताहरूको व्यवस्थापनका लागि विधान संशोधन गर्न लागिएको चर्चाकाबीच पौडेलले बैठक नै बहिस्कार गरेका हुन् ।


