‘ट्राफिक जरिवना तिरेपछि तत्काल कागजपत्र लिन पाइने’

काठमाडौँ, २३ मङ्सिर ।ट्राफिक प्रहरीले ट्राफिक जरिवनामा परेका चालकलाई जरिवना तिरेर तत्काल कागजपत्र लिन पाइने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित कार्यक्रममा ‘पे फाइन अन द स्पोर्ट, इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ को महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले शुभारम्भ गर्नुभयो ।सो अवसरमा उहाँले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको भन्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको सुरुआत गरिएको बताउनुभयो ।

“पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरी पाँच स्थानको ट्राफिक कार्यालयबाट सुरु गरेका छौँ, आगामी दिनमा यसलाई विस्तार गर्दै लैजान्छौँ”, उहाँले भन्नुभयो । उक्त सेवाको सुरुआत गरेसँगै सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गरेपश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जीवापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाहीस्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको हो । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उलङ्घन गरेका चालकको हकमा भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने महाशाखाले जनाएको छ ।

प्रदेश प्रमुख शर्माद्वारा ‘मकवानपुरमा मिडिया’ पुस्तकको विमोचन
मकवानपुर, २३ मङ्सिर । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले ‘मकवानपुरमा मिडिया’ नामक पुस्तकको आज यहाँ विमोचन गर्नुभयो । हेटौँडा उपमहानगरपालिका–५ निवासी पत्रकार गिरिजा अधिकारीद्वारा लिखित सो पुस्तकको राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर काठमाडौँले प्रकाशन गरेको हो । सो अवसरमा प्रदेश प्रमुख शर्माले पत्रकारिता जगत देश र जनताप्रति जवाफदेही बन्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि उठेर प्रेस स्वतन्त्रताका लागि पत्रकारहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई पनि त्यागेर प्रजातन्त्रको संवद्र्धन र राष्ट्रियताको जगेर्ना गर्न पत्रकारिता क्षेत्रको विश्वसनीयतालाई जनतासामु पु¥याउन आग्रह गर्नुभयो । उहाँले पत्रकारिता राजनीतिक दलको छायाँ बन्न नहुने र जनप्रतिनिधि तथा सरकारका उच्चपदस्थ अधिकृतहरूले गरेका अनियमित कार्यका लागि सत्यतथ्य समाचार सार्वजनिक गर्न पत्रकारमा दृढता हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश प्रमुख शर्माले प्रजातन्त्रमा प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नयाँ पुस्ता पत्रकारिता क्षेत्रको विकासका लागि अग्रसर रहनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्न अभिप्रेरित गर्दै आएको उल्लेख गर्दै लोककल्याणकारी विज्ञापन समानुपातिक ढङ्गबाट सबैलाई वितरण गर्ने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।प्रदेशसभा सदस्य मुनु सिग्देलले मुलुकको आर्थिक समृद्धिका लागि नेपाली पत्रकारिता क्षेत्रले निश्पक्ष भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सो पुस्तकका समीक्षक पत्रकार रामचन्द्र आचार्य, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल र राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर काठमाडौँका अध्यक्ष नवराज न्यौपानेले पत्रकारिता क्षेत्रको माध्यमबाट मुलुकमा देखिएको भ्रष्टाचार, विसङ्गति र हिंसालाई न्यूनीकरण गर्न यो पुस्तक फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।