पाख्रीबासमा वडास्तरीय भलिबल
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका ५ मा वडास्तरीय भलिबल प्रतियोगिता हिजोबाट सुरु भएको छ । अन्तरराष्ट्रिय हरियाली मन्च धनकुटाको आयोजनामा भइरहेको प्रतियोगिता मंसिर २६ सम्म सम्म संचालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टीमले सोझो सेटमा फलॉंटे,सिम्लेलाई पराजित गरेको थियो । हिजै भएको दोस्रो खेलमा महालक्ष्मी वडा ९ ले सोझो सेटमा फलॉंटे वडा ६ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।
प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ । विजेता प्रथम,दोस्रो पुरस्कार क्रमश नगद रु. ५१,०००(एकाउन्न हजार मात्र),ट्रफी,मेडल र प्रमाणपत्र र नगद रु. २१,०००(एक्काईस हजार मात्र), ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने विभिन्नविधागत पुरस्कारहरुको पनि व्यवस्था गरिएको छ ।
कांग्रेस महाधिवेशन : उम्मेदवार मनोनयन सुरू, कुन पदमा कति शुल्क ?
काठमाडौं, २५ मंसिर /नेपाली कांग्रेस १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने कांग्रेसले जनाएको छ ।
कांग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार शुल्क तोकेको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ ।
सहमहामन्त्रीका लागि भने १५ हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ । केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्ने छ।


