एमालेको केन्द्रीय कमिटी बैठक सुरु

भक्तपुर, २५ मङ्सिर ।नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज भक्तपुरको गट्ठाघरमा सुरु भएको छ । एमालेको दसौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो करिब १ः२० सुरु भएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिनुभयो । बैठकमा शपथ ग्रहण बाँकी भएका केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको उहाँले बताउनुभयो । आजदेखि सुरु बैठकमा १५ एजेन्डामाथि छलफल हुने बताइएको छ । कार्यसूचीअनुसार क्रमसँगै छलफल र निर्णय गर्दै जाने तय भएको जनाइएको छ । आज र आइतबारका लागि तय गरिएको बैठकमा केन्द्रीय सदस्यहरुको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, पोलिटब्यूरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियान पनि बैठकका एजेन्डामा रहेका छन् । बैठकअघि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकले केन्द्रीय कमिटीमा लैजाने एजेन्डाका बारेमा छलफल भएको बताइएको छ ।

युनिसेफद्वारा बालअधिकारका लागि सात युवा अधिवक्ता नियुक्त
काठमाडौँ, २५ मङ्सिर ।युनिसेफले विश्वका बालबालिकाको उन्नत भविष्यको कल्पना गर्न नेपालका बालबालिका र युवालाई असर पार्ने मुद्दा तथा तिनका मुख्य समाधानका बारेमा चेतना जगाउन सात युवा अधिवक्ता नियुक्त गरेको छ । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) को स्थापनाको ७५आँै वर्ष पूरा भएको अवसरमा आज सात अधिवक्ता नियुक्त गरिएको हो । नियुक्त गरिएका अधिवक्ताले युनिसेफ नेपालसँग मिलेर जलवायु परिवर्तन, अपाङ्गता समावेशीकरण, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य र पोषण जस्ता बालबालिका तथा युवासँग सम्बन्धित मुद्दामा आवाज उठाउनु पर्नेछ ।

युनिसेफले विश्वभरि नै आफ्नो समाज परिवर्तनमा संलग्न भएका युवा कार्यकर्ता, अधिवक्ता र सामुदायिक आयोजकसँग काम गर्दछ । “युवालाई प्रभाव पार्ने मुद्दाका लागि सबैभन्दा प्रभावकारी भनेको युवा स्वयम् हुन् र उनीहरूमा भावनात्मक रूपमा जोडिएका विषयमा सबैलाई सम्मिलित गर्न सक्ने अद्वितीय शक्ति छ भन्ने कुरामा हामी विश्वास गर्छाैं”, नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विशले भन्नुभयो । समावेशी विकासको क्षेत्रमा संलग्न र युवा तथा अपाङ्गता अधिकारका एक उत्साही अभियनकर्मी २२ वर्षीय निर श्रेष्ठलाई अपाङ्गता समावेशीकरणका लागि युवा अधिवक्ताका रूपमा नियुक्त गरिएको छ ।

त्यसैगरी २१ वर्षीया पल्लवी कर्णले आफ्ना साथीसँग पोषणको महत्वका बारेमा पैरवी गर्ने बताइएको छ । अर्का २१ वर्षीया प्रकृति भट्टराई, २० वर्षीया प्रशंसा केसी र २३ वर्षीय श्रीकृष्ण थापा लैङ्गिक समानताका पक्षधर मानसिक स्वास्थ्यका लागि युवा अधिवक्ता २० वर्षीय शितांशु ढकाल र २३ वर्षीया सोनिका पौडेल जलवायु परिवर्तनका पक्षधर रहेको जनाइएको छ । यी युवा अधिवक्तासँगको साझेदारीमा जलवायु परिवर्तन, अपाङ्गता समावेशीकरण, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य र पोषणसम्बन्धी युवाको आवाजलाई व्यापक बनाउने, चेतना जगाउने र पैरवी गर्ने लक्ष्य युनिसेफ नेपालले राखेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।