मोटरसाइकल दु,र्घटनाः एकको मृ,त्यु, एक घा,इते

भक्तपुर, २५ मङ्सिर । मोटरसाइकल दुर्घटना आज भक्तपुरमा एक जनाको मृ,त्यु भएको छ भने एक ग,भ्भीर घा,इते भएका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डु रातोपाटी नजिक सूर्यविनायकबाट गुण्डुतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०३३ प ७१७३ नं को मोटरसाइकल आज आफैँ अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठो,क्किँदा मोटरसाइकलमा सवार स्थानीयवासी ३२ वर्षीय रवीन्द्र थापाको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृ,त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा पठाइएको छ । दुर्घटनामा ग,म्भीर घा,इते मोटरसाइकल चालक गुण्डुकै ३७ वर्षीय सुरेन्द्र बस्नेतको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

युनिसेफद्वारा बालअधिकारका लागि सात युवा अधिवक्ता नियुक्त
काठमाडौँ, २५ मङ्सिर ।युनिसेफले विश्वका बालबालिकाको उन्नत भविष्यको कल्पना गर्न नेपालका बालबालिका र युवालाई असर पार्ने मुद्दा तथा तिनका मुख्य समाधानका बारेमा चेतना जगाउन सात युवा अधिवक्ता नियुक्त गरेको छ ।संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) को स्थापनाको ७५आँै वर्ष पूरा भएको अवसरमा आज सात अधिवक्ता नियुक्त गरिएको हो । नियुक्त गरिएका अधिवक्ताले युनिसेफ नेपालसँग मिलेर जलवायु परिवर्तन, अपाङ्गता समावेशीकरण, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य र पोषण जस्ता बालबालिका तथा युवासँग सम्बन्धित मुद्दामा आवाज उठाउनु पर्नेछ ।

युनिसेफले विश्वभरि नै आफ्नो समाज परिवर्तनमा संलग्न भएका युवा कार्यकर्ता, अधिवक्ता र सामुदायिक आयोजकसँग काम गर्दछ । “युवालाई प्रभाव पार्ने मुद्दाका लागि सबैभन्दा प्रभावकारी भनेको युवा स्वयम् हुन् र उनीहरूमा भावनात्मक रूपमा जोडिएका विषयमा सबैलाई सम्मिलित गर्न सक्ने अद्वितीय शक्ति छ भन्ने कुरामा हामी विश्वास गर्छाैं”, नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विशले भन्नुभयो । समावेशी विकासको क्षेत्रमा संलग्न र युवा तथा अपाङ्गता अधिकारका एक उत्साही अभियनकर्मी २२ वर्षीय निर श्रेष्ठलाई अपाङ्गता समावेशीकरणका लागि युवा अधिवक्ताका रूपमा नियुक्त गरिएको छ ।

त्यसैगरी २१ वर्षीया पल्लवी कर्णले आफ्ना साथीसँग पोषणको महत्वका बारेमा पैरवी गर्ने बताइएको छ । अर्का २१ वर्षीया प्रकृति भट्टराई, २० वर्षीया प्रशंसा केसी र २३ वर्षीय श्रीकृष्ण थापा लैङ्गिक समानताका पक्षधर मानसिक स्वास्थ्यका लागि युवा अधिवक्ता २० वर्षीय शितांशु ढकाल र २३ वर्षीया सोनिका पौडेल जलवायु परिवर्तनका पक्षधर रहेको जनाइएको छ । यी युवा अधिवक्तासँगको साझेदारीमा जलवायु परिवर्तन, अपाङ्गता समावेशीकरण, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य र पोषणसम्बन्धी युवाको आवाजलाई व्यापक बनाउने, चेतना जगाउने र पैरवी गर्ने लक्ष्य युनिसेफ नेपालले राखेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।