कांग्रेस महाधिवेशन : सुनिल थापाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, २५ मंसिर /नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि सुनिल थापाले उम्मेदवारी दिएका छन् । राप्रपाबाट कांग्रेस प्रवेश गरेका उनले १४औँ महाधिवेशनअन्तर्गत सुरु भएको मनोनयन दर्ताका क्रममा सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।राप्रपाका तत्कालीन अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर छोरा रहेका उनी कांग्रेसको सदस्यका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।

कांग्रेस प्रवेश गर्दा सहमहामन्त्री बनाइए पनि चुनावी प्रतिस्पर्धामा भने थापाले सदस्य पदमा उम्मेदवारी दिएका हुन् । शनिबार बिहान ११ बजेपछि सुरु भएको मनोनयन दर्ता प्रक्रिया साँझ ५ बजेसम्म रहने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय सदस्यमा अर्जुननरसिंह केसी र डा. रामशरण महतले पनि उम्मेदवारी दिएका छन् । यसैबीच, अहिलेसम्म आठ सहमहामन्त्रीका लागि देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, वकिल मिया, तेजुलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।

महाधिवेशनले कांग्रेसका परम्परागत गुट पूरै अस्तव्यस्त
काठमाडौं, २५ मंसिर/नेपाली कांग्रेसको १४औं महाधिवेशनको मनोनयन प्रक्रिया सकिनै लाग्दा कांग्रेस भित्रका परम्परागत समूहमा विभाजन देखापरेको छ ।१३औं महाधिवेशनमा देखापरेको दुई समूह विभाजित भई झन्डै आधा दर्जन समूह निर्माण भइसकेका छन् भने दुवै समूह एक अर्कामा समाहित हुने क्रम पनि जारी छ ।

कांग्रेस संस्थापन पक्षको नेतृत्व गर्दै आएका शेरबहादुर देउवा समूहबाट अलग भएर उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी दिने भएका छन् भने संस्थापनइतरका रामचन्द्र पौडेल समूह विभाजित भएर आधा दर्जन पुगेको छ । महाधिवेशनको रौनकमा अप्ठयारोमा परेको पौडेल समूहबाट अलग भएर प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला र कल्याण गुरुङका समूह देखापरेका छन् । पौडेल समूहमा देखापरेको विभाजनका कारण स्वयं पौडेल र शशांकले सभापतिको मैदान छाडेको घोषणा गरिसकेका छन् ।

पौडेल र शशांकले मैदान छाडे पनि प्रकाशमान र शेखर भने सभापतिको दौडमा छन् । विगतमा पौडेल समूहमा रहेका गुरुङले सभापतिको उम्मेदवारी दर्ता गराइसकेका छन् भने प्रकाशमानले सुजाता कोइरालालाई उपसभापतिको उम्मेदवारी बनाउँदै प्रारम्भिक टिम घोषणा गरेका छन् ।उता, शेखरले मिनेन्द्र रिजाल र गगन थापालाई महामन्त्री उम्मेदवारको रुपमा भित्र्याएर नयाँ तरंग पैदा गरेका छन् । विगतमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेका थापा १४औं महाधिवेशनमा शेखरको टिममा जोडिएका छन् ।

थापाले छाडेका सिटौला भने सभापति देउवाको टिमतर्फ जोडिन पुगेका छन् । प्रदिप पौडेललाई महामन्त्री तथा शिव हुमगार्इं र उमाकान्त चौधरीलाई सहमहामन्त्रीको उम्मेदवार बनाउनुपर्ने अडान राख्दै सिटौला देउवानिकट पुगेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।