पोखरामा सडक महोत्सव

पोखरा, २६ मङ्सिर । अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो । रेवानका अध्यक्ष लक्षमण बरालले भन्नुभयो “कोरोनाको मारमा परेको पर्यटनलाई चलायमान बनाउन र पोखरालाई नयाँ वर्षको गन्तव्यस्थलका रूपमा सडक महोत्सवको आयोजना गर्दै आएका छौँ, यस वर्ष पनि महोत्सवले पनि आन्तरिक पर्यटक पोखरा आउने विश्वास लिएका छौँ ।” दुई दशकभन्दा बढी समयदेखि पोखराको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पु¥याउँदै आएको सडक महोत्सव विभिन्न राजनीतिक अस्थिरता, विसं २०७२ को भूकम्प, नाकाबन्दीजस्ता समस्याका बाबजुद पनि ‘सडमै खाऊँ सडकमै रमाऊँ’ भन्दै २३आँै संस्करणको तयारीमा जुटेको महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँले गत वर्ष कोभिड–१९ को महामारीमा पनि स्वास्थ्य सतर्कतासहित महोत्सव आयोजना गरेको जनाउँदै अहिले कोरोनाको त्रास कम हुँदै गएको र अधिकांशले खोपसमेत लगाएकाले महोत्सव अझ सफल हुने विश्वास व्यक्त गर्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढ्दै गएको र सडक महोत्सवपछि नेपालमा विदेशी पर्यटकको आगमन पनि बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले पोखरा सुरक्षित र खुला भन्ने सन्देश पनि महोत्सवबाट जाने बताउनुभयो ।
आयोजकका अनुसार पोखरा सडक महोत्सव कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिँदै पोखराको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धनको उद्देश्यसहित विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन गरेर मनाइने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुङ्गा दौड, वेटर रेस, टग अफ वारजस्ता प्रतियोगिता व्यवस्था गरिएको छ । पोखराको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । महोत्सव सम्पन्न गर्न संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराई, सचिव भीष्मराज पौडल र सहकोषाध्यक्ष रोशनजङ्ग कार्की, सहसंयोजक रहने गरी विभिन्न उपसमिति गठन गरिएको छ ।

बोगटान सडक जोडिएपछि बस्ती विस्तारमा तीव्रता
डोटी, २६ मङ्सिर । सहजपुर–बिपीनगर–बोगटान हुँदै दिपायल जोड्ने बोगटान सडक सम्पन्न भएपछि अहिले यहाँका बिभिन्न ठाउँमा बस्ती विस्तार निकै तीव्र भएको छ । केही सयम पहिले सुनसान रहेका यहाँका विभिन्न ठाउँमा सडक सञ्जाल जोडिएपछि बस्ती विस्तार हुने क्रम तीव्र बनेको स्थानीयवासी बताउँछन् । सडक निर्माणको सुरुआती समयमा सुनसान रहेका यहाँका बस्ती अहिले सडक जोडिएपछि क्रमशः बाक्लिँदै गएका बडिकेदार गाउँपालिका–१ का प्रेमबहादुर देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक नजोडिँदा यहाँ सुनसान थियो, अहिले सडक सञ्जाल जोडिएपछि धमाधम बस्ती विस्तार हुँदै छ, अहिले सहरभन्दा यहाँ बढी चहलपहल छ ।” बस्ती विस्तारसँगै यहाँका घरजग्गाको मूल्य बढेर कारोबार पनि बढ्दै गइरहेको सञ्चारकर्मी हिक्मत बमले बताउनुभयो । पहिले यहाँ व्यापार पनि खासै थिएन, अहिले सडक जोडिएपछि जग्गा कारोबारदेखि अन्य व्यापार व्यवसाय समेत फस्टाएको बमले बताउनुभयो ।

वर्षौँपछि उक्त सडक जाडिएपछि कैलालीको हाटखोली, शिवनगर, चिम्चे, निगाली, डोटीको बिपीनगर, बर्छैन, घोडीलास, कापडीगाड, पात चिउरी, रुमाइल, अत्तरकाडालगायतका दर्जनौँ स्थानमा बजार विस्तार भएका छन् भने केही ठाउँमा बजार विस्तारको तयारी भइरहेको स्थानीयवासी बताउँछन् । यसअघि यी गाउँमा जग्गाको कारोबार खासै नहुने गरेको भए पनि उक्त सडक जोडिएको कम्तीमा पनि चार महिनामा जग्गाको कारोबारमा एकाएक वृद्धि भएको बडिकेदार–५ का स्थानीयवासी पदमसिंह बडैलाले बताउनुभयो । उहाँका अनुसार सडक आसपास क्षेत्रमा जग्गाको मूल्य आकाशिएको छ । सडक बनेपछि ग्रामीण भेग दिनहुँ व्यापारिक केन्द्रमा परिणत हुँदै गएका छन् । सहजपुर–बिपीनगर–बोगटान हुँदै दिपायल जोड्ने सडक खुलेपछि ग्रामीण क्षेत्र व्यापारिक केन्द्र बन्न थालेकाले स्थानीयवासीको जीवनस्तरमा परिवर्तन हुन थालेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । यहाँका बिपीनगर, भक्तपुर, खड्यौली, बर्छैन, कापडीगाड तथा शिवनगर क्षेत्रमा ठूला पसल तथा होटल निर्माण भई सञ्चालनमा समेत आउन थालेका छन् ।

पछिल्लो समय ती स्थानमा घरजग्गाको मूल्य आकाशिएको छ । सडक आसपासमा धमाधम घर निर्माण भइरहेका छन् । यहाँको बिपीनगर तथा शिवनगर क्षेत्रमा विगतमा रु दुई लाखमा पाइने घडेरी दुई वर्षयता तीन गुणाले बढेको स्थानीयवासी बताउँछन् । गाउँका जग्गा सस्तोमा बेचेर सहरी क्षेत्रमा गएकाहरु समेत सडक खुलेपछि पुनः गाउँ फर्कन थालेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका रोजबहादुर कलेलले बताउनुभयो । सदरमुकामका प्रतिष्ठित व्यापारीले समेत यहाँका बिपीनगर तथा शिवनगर क्षेत्रमा लगानी गर्न थालेको बताइएको छ । हावापानी अनुकूल हुनु र गाउँमै यातायात पहुँच पुगेपछि लगानी भित्रिन थालेको स्थानीयवासीको बुझाइ छ । यही कारण पसल, होटल तथा कृषि फार्म गाउँमै खुल्न थालेको उनीहरूको बुझाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।