अवैध नेटवर्किङ धन्दामा संलग्न भारतीय प,क्राउ

भरतपुर, २८ मङ्सिर ।चितवनमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने भारतीयहरूको गिरोह सक्रिय भएको भेटिएको छ । उनीहरूले यहाँका नागरिकलाई नेटवर्किङमा फसाएर ठग्ने गरेको पाइएको हो।जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु नेट’ नामक नेटवर्किङ व्यवसायमा संलग्न दुई भारतीय तथा एक नेपाली गरी तीन जनालाई प,क्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेका तीन जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । २८ वर्षीय भारतीय नागरिक जितेश वर्मा, अर्का भारतीय नागरिक ३४ वर्षीय अङ्कित शर्मा र भरतपुर–२६ का ३६ वर्षीय सरोज घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूलाई भरतपुरमा रहेको सिजी ल्याण्डमार्कको फर्न रेसिडेन्सी चितवन होटलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । होटलमा केही मानिस जम्मा गरेर नेटवर्किङमा लाग्न प्रेरित गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । उनीहरूलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।उनीहरूले ‘क्यु नेट’ नामक नेटवर्किङ सञ्चालन गरिरहेका थिए । उनीहरूले केही मानिसलाई पहिल्यै सदस्य बनाएर लगानी गर्न लगाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । उनीहरूले थप मानिसलाई सदस्य बन्न प्रेरित गरिरहेका थिए ।

कति मानिस सदस्य बने भन्ने कुरा अझै पनि अनुसन्धानकै क्रममा रहेको उहाँको भनाइ छ । उनीहरूविरुद्ध ठगीमा परेकाहरुले ठगी मुद्दामा प्रहरी कार्यालयमा जाहेरी दिइसकेका छन् । ‘क्यु नेट’ दर्ता पनि नगरिएको र यो नितान्त ठग्ने उद्देश्यले आएको प्रारम्भिक अनुसन्धानमा खुलेको अधिकारीले बताउनुभयो ।यी गतिविधि सिमानामा पर्ने नेपालका अन्य सहरमा पनि सञ्चालन गरेको हुनसक्ने अनुमान रहेको बताउँदै उहाँले यसबारे पनि अनुसन्धान हुने बताउनुभयो । प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “नेपालमा पिरामिड शैलीमा हुने नेटवर्किङ अवैध छ । त्यसैले नेपालमा यो सञ्चालन गर्न पनि पाइँदैन । सदस्य पनि बन्न पाइँदैन । कोही पनि यो नेटवर्किङमा नलाग्नु हुन म आग्रह गर्दछु ।

च्याउखेतीमा मन्त्री श्रेष्ठ,तनहुँ, २८ मङ्सिर । भानुनगरपालिका–६ बरभञ्याङमा सिताके च्याउको व्यावसायिकरूपमा खेती गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका कृष्णकुमार श्रेष्ठ ‘किसान’ र मुक्ति तिमिल्सेनाको संयुक्त लगानीमा सिताके च्याउखेती गरिएको हो ।करिब रु डेढ करोड लगानीमा साढे दुई रोपनी क्षेत्रफलमा च्याउखेती गरिएको गण्डकी एग्रिकल्चर फार्म प्रालिका लेखापाल सुरेन्द्र पण्डित जानकारी दिनुभयो । गण्डकी एग्रिकल्चर फार्म प्रालि दर्ता गरी गत फागुनदेखि थालिएको व्यवसायमा प्रत्यक्षरूपमा १० जनाले रोजगारी पाएका छन् ।दश हजार बढी मुढामा च्याउ उत्पादन भइरहेको उहाँले बताउनुभयो । फार्मले दिनमै ४० देखि ५० किलोग्रामसम्म च्याउ बिक्री गर्न सकिने क्षमताको रहेको बताइएको छ । माछा–मासुमा भन्दा तीन गुणा धेरै पोषण तत्व हुने र जस्तोसुकै किसिमका बिरामीले पनि सो च्याउ खाना मिल्ने हुँदा यसको माग बढ्दै गएको छ ।

सिताके च्याउखेतीको विधि-सुरुमा हरियो कटुसको मुढा काट्ने, त्यसको बोक्रा जान नदिने गरी डम्पिङ गर्ने, सुकेपछि मेसिनको प्रयोगले उक्त काठ छेडेर प्वाल बनाई च्याउको बीउ रोपिन्छ । च्याउको बीउ रोपेको सात महिनापछि चौबीस घण्टा पानीमा डुबाएर राख्ने, त्यसपछि टुसा आएको एक हप्ताभित्र खाना र टिप्न योग्य हुने बताइएको छ ।यसरी रोपिएको च्याउ एकपटक रोपेपछि चारदेखि पाँच वर्षसम्म निरन्तर फल दिइरहने फार्मका अर्का कर्मचारी जीवन जिसीले जानकारी दिनुभयो । जिल्लाका विभिन्न बजारका साथै पोखरा, काठमाडौँलगायत बजारमा बिक्री गर्दै आइएको लेखापाल पण्डितले जानकारी दिनुभयो । उक्त च्याउ बाह्य जिल्लामा प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरे पनि उक्त फार्मले प्रतिकिलो रु ६०० मा बिक्री गर्दै आएको जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।