धमाधम बन्दै टेलिकमका टावर निर्माण

डोटी, २८ मङ्सिर।जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जिएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको छ । नेपाल टेलिकमले जिल्लाका नौवटै स्थानीय तहमा फोरजी तथा फोन सेवा विस्तारका लागि काम अगाडि बढाएको छ । यसै सिलसिलामा जिल्लाका बोगटान फुड्सिल, बडिकेदार, जोरायल गाउँपालिकाका विभिन्न वडामा सञ्चार सम्पर्कको सहज पहुँच पु¥याउने उद्देश्यले बडिकेदार गाउँपालिका–५ रन्तोलामा फोरजी टावर निर्माण गर्न थालेको छ ।जिल्लाका सबै स्थानीय तहमा इन्टरनेट तथा फोरजी सेवा पु¥याउने उद्देश्यले अहिले टेलिकमले आफ्ना टावर निर्माण गर्न थालेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ–गाउँमा फोरजी र सडक फोन सेवा विस्तार गर्ने हाम्रो लक्ष्यअनुसार अहिले टावर निर्माणको काम भइरहेको छ, बडिकेदारमा निर्माण हुने टावरले फोन र इन्टरनेट सेवामा निकै सहज हुने छ ।” यहाँका विकट गाउँमा फोन सेवा नभएका कारण नागरिकलाई सामान्य कुराकानी गर्न तथा नेट चलाउन निकै समस्या हुँदै आएको थियो।

यतिमात्र नभइ यहाँका कतिपय ठाउँमा टावर निर्माण नभएका कारण फोन गर्नकै लागि रुखमा चढ्नुपर्ने तथा जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता अहिले पनि कायमै रहेको आदर्श गाउँपालिकाका स्थानीयवासी तथा उद्योग बाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक कार्यालय कैलालीले बडिकेदारको रन्तोलामा उक्त टावर निर्माण गर्न लागेको टेलिकमका फोरजी इन्चार्ज घनश्याम पाठकले जानकारी दिनुभयो । केही दिनभित्रै टावर निर्माण सम्पन्न भई सञ्चालन गरिने नेपाल टेलिकमको सुदूरपश्मि प्रदेश कार्यलय अतरियाले जनाएको छ । घाम अस्ताउनेबित्तिकै नेटवर्क जाने समस्याले पीडित बनेका यहाँका नागरिक उक्त टावर सञ्चालन भएपछि नेवटर्क जाने समस्याबाट मुक्ति पाउने आशामा खुशी भएका बडिकेदार–५ का स्थानीयवासी भीमबहादुर बोहराले बताउनुभयो ।

प्रदर्शनी तथा राष्ट्रिय भेला स्थगित
काठमाडौँ, २८ मङ्सिर ।नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुसमा काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगन भएको छ ।
पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनीका साथै भेला उद्यमी सुवर्णकुमार श्रेष्ठको निधन भएका कारण स्थगन गरिएको सङ्घले जनाएको छ । सङ्घका संयोजक रमेश श्रेष्ठका अनुसार पूर्वनिर्धारित कार्यक्रम शोकको घडीमा स्थगन गरिएको छ । विभिन्न स्थानका व्यवसायीलाई एकीकृत गरी मौलिक उत्पादनलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको प्रदर्शनीका साथै भेला केही हप्तापछि गरिने छ । मुलुकमा करिब ५० हजार ढाका व्यवसायी छन् । प्रदर्शनीका क्रममा व्यवसायीको राष्ट्रिय भेला पनि गरिनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।