असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सदन अवरोध कायमै

काठमाडौँ, २८ मङ्सिर ।आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजबाट सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ ।सो पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न दलको बैठकमा विरोध कायमै राख्ने निर्णय भएको हो । गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा सभामुखबाट त्यसको सुनुवाइ नभएको आरोप एमालेले लगाउँदै आएको छ ।

आजको बैठकमा सो पार्टीका अध्यक्ष ओलीले आफू अन्याय सहेर निरीह भएर बस्न नसक्ने भएकाले विरोध कायम राख्ने र आवश्यक परे अवरोध गर्ने चेतावनी दिनुभयो ।अध्यक्ष ओलीले संसदीय समितिमा एमालेले आफ्नो हैसियतका आधारमा सभापतिमा हेरफेर हुनुपर्ने अडान व्यक्त गर्नुभयो । उहाँले राज्यका सबै अङ्ग प्रभावहीन अवस्थामा पुगेको जिकिर गर्दै आफू देशहितका पक्षमा सशक्तरुपमा उभिने बताउनुभयो ।सभामुख सापकोटाले आज बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका तर्फबाट खगराज अधिकारी र कृष्णभक्त पोखरेल सहभागी भई सांसद्लाई कारबाही नगरेसम्म संसद् नचल्ने अवगत गराएको जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री देउवा र सिंह पुनःमिलनमा गृहमन्त्री खाँण र नेता बलायरको पहल
काठमाडौं, २८ मङ्सिर। गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको सक्रियतामा १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि हुने पुनः मतदानमा निर्वाचनमा सभापतिका प्रत्यासी प्रकाशमान सिंहले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिका प्रत्यासी शेरबहादुर देउवालाई सघाउने हुनुभएको छ । कांग्रेस सभापतिका लागि पहिलो चरणमा भएको निर्वाचनमा कुनै पनि उम्मेद्वारले आवश्यक बहुमत नल्याएपछि दोस्रो चरणमा निर्वाचन हुने निश्चित भएको र त्यसका लागि यो निर्वाचनमा पहिलो र दोस्रो स्थानमा मत ल्याएका उम्मेदवार प्रधानमन्त्री देउवा र नेता डा शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यस लगत्तै गृहमन्त्री खाँण र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश प्रमुख वीरबहादुर बलायर आज बिहान सभापतिका प्रत्यासी प्रकाशमान सिंहलाई भेट्न सिंह निवास चाक्सीबारी पुग्नुभयो र पुनः मतदानमा देउवालाई सघाउन आग्रह गर्नुभयो । उहाँहरुले सिंहलाई मिलेर अघि बढ्न र पार्टीलाई सशक्त बनाउन अबको निर्वाचनमा देउवालाई सहयोग गर्न प्रस्ताव राख्नु भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।उहाँँहरुको सो प्रस्तावपछि सिंहले आफूले आफ्ना टिमका साथीहरूसँग छलफल गरेर निर्णय गर्ने बताउनुभयो । त्यसपछि प्रधानमन्त्री देउवा पनि सिंह निवास चाक्सीबारी पुगेर सहमति गर्नुभयो । त्यसपछि नेता सिंहले अबको पुनः मतदानमा देउवालाई समर्थन गर्ने बताउनुभएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖