‘वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो पारेको भए सच्याइने छ’

काठमाडौँ, २९ मङ्सिर ।अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो अवस्था सिर्जना भए सच्याउन तयार रहेको जानकारी दिनुभएको छ ।महिनौँदेखि तरलता अभावका कारण बैंँकले लगानी गर्न नसकी निक्षेप सङ्कलनलाई प्राथमिकता दिइरहेका समयमा उहाँले सरकारका कानूनले वित्तीय बजारमा समस्या परेको हो भने त्यसको समाधान गरिने विश्वास दिलाउनुभयो । नेपाल उद्योग बाणिज्य महासङ्द्धारा आज राजधानीमा आयोजित ‘नवउत्थान सम्मेलन’लाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “वित्तीय बजारमा कतै सरकारको नीतिले अफ्ठेरो पारेको छ भने सिधै भन्नुहोुस्, राष्ट्र बैंँकमा प्रतिनिधि पनि हुनुहुन्छ, यहीँ समाधान गर्ने गरी हामी निर्णय गर्न तयार छौँ ।” पोष्ट–कोभिडको बदलिँदो परिस्थितिमा तिव्र र दीगो आर्थिक वृद्धि कसरी गर्न सकिन्छ भनेर महासङ्ले आज उक्त बहस चलाएको हो । सम्मेलनबाट आएको निष्कर्ष कार्यान्वयनका लागि सरकारमा समेत बुझाइने महासङघले जनाएको छ ।

अर्थमन्त्री शर्माले विस्तारै आर्थिक क्षेत्र चलायमान हुँदै गएको स्मरण गर्दै यस क्षेत्रमा अझै ठुलो प्रभाव पर्नसक्ने अबस्थालाई समेत मध्यनजर गरी मुलुकको अर्थतन्त्र बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले श्रोत र श्रमसमेतलाई ध्यानमा राखेर अर्थतन्त्रलाई एउटा लयमा पु¥याउनुपर्छ भन्नुभयो । उहाँले आफ्नो आवश्यकता, क्षमता र सम्भव प्रतिष्पर्धात्मक क्षेत्रको पहिचान गरी लगानी गर्नुपर्नेमा जोड दिनुभयो । “सबैमा प्रतिष्पर्धा गर्न सकिन्न, स्वयं आत्मनिर्भर र प्रतिष्पर्धामा जानसक्ने क्षेत्र कुनकुन हुन्, नयाँ ढङ्गबाट त्यसको अध्ययन गर्नुपर्छ, त्यसैमा केन्द्रित भएर लगानी वृद्धि गर्ने कुरा आजको आवश्यकता हो”, अर्थमन्त्री शर्माको भनाइ थियो ।

उहाँले व्यापार घाटाको समस्या कायमै रहेको जानकारी दिनुभयो । उहाँले बैँक÷वित्तीय संस्थाले चालु चार महिनामा मै बार्षिक लक्ष्यको ४९ प्रतिशत लगानी (३८७ अर्ब कर्जा विस्तार) गरिसकेको जानकारी दिनुभयो । “यो लगानी विस्तार नकारात्मक हो या सकारात्मक अध्ययन जरुरी छ”, उहाँले आशावादी हुँदै भन्नुभयो, “तथ्याङ्क हेर्दा बढी औद्योगिक क्षेत्रमा लगानी गरेको पाइन्छ, त्यसको प्रयोग हुँदै जाँदा अर्थतन्त्रमा मद्दत नै पु¥याउने देखिन्छ ।” मुलुकमा अहिले देखिएको तरलताको समस्याले व्याज वृद्धि हुने खतरा कायमै रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसलाई बजारमा छाड्ने की नियमन गर्ने भन्ने कुरा गम्भिर प्रश्न छ, महासङ्घको धारणा के हो ? हामीलाई के सुझाव दिनुहुन्छ, त्यसको प्रतिक्षामा छौँ ।” उहाँले क्षमतावान बनाउन र तरलताको समस्या आउन नदिन के नीति चाहिने हो प्रस्ताव पेश गर्न बैंक तथा वित्तीय संस्थालाई समेत आग्ह गर्नुभयो ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले लगानी वृद्धि गर्ने र व्यवसायलाई आकर्षित हुने गरी राज्यको नीति बनाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले विस्तारै अर्थतन्त्रमा केही सकारात्मक प्रभाव शुरु भएपनि कोभिड–१९ को त्रास कायमै रहेकाले आर्थिक क्षेत्रमा सरकारको आवश्यक सहयोगको खाँचो औँल्याउनुभयो । महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज दिनभर पोष्ट कोभिडमा आर्थिक क्षेत्रमा परेको प्रभाव र सुधार गर्नुपर्ने विषयमा छलफल हुने र एउटा आधिकारिक धारणा तय गरी आएका निष्कर्षलाई सरकारलाई बुझाउने जानकारी दिनुभयो । उहाँले लगानी बढाउने गरी नीति निर्माण भए आन्तरिक लगानी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।सम्मेलनको पहिलो सत्रमा तरलता व्यवस्थापन, दोस्रो सत्रमा लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन, र तेस्रो सत्रमा निर्यात प्रवद्र्धनका विषयमा विषय विज्ञ र आर्थिक क्षेत्रका प्रतिनिधिबीच समुहगत छलफल गरी निष्कर्ष निकालिने छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।