प्रधानमन्त्री देउवा-शैक्षिक विकास र दक्ष जनशक्ति तयार गर्न काठमाडौँ विश्वविद्यालयको योगदान महत्वपूर्ण

काभ्रेपलाञ्चोक, २९ मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोहका अवसरमा आज विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई पठाउनुभएको शुभकामना सन्देशमा सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले हालको मुख्य राष्ट्रिय चिन्ताको विषय बनेको जनशक्ति पलायन, सीपसँग शिक्षाको छुट्दै गएको सम्बन्ध र मुलुकको विकासमा अभाव हुँदै गएको दक्षजनशक्तिको समस्यालाई केही हदसम्म भए पनि सम्बोधन गर्न सार्थक र सफल भएको जनाउनुभएको छ । विश्वविद्यालयको कुलपतिसमेत रहनुभएका प्रम देउवाले स्थापनाको तीन दशक पूरा गरेको उपलक्ष्यमा यसका संस्थापक र सम्पूर्ण विश्वविद्यालय परिवारलाई बधाई दिनुभएको छ ।

सन्देशमा भनिएको छ, “मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन आलोचनात्मक सीपयुक्त र समय सुहाउँदो वैज्ञानिक एवं प्राविधिक ज्ञानले सुसज्जित जनशक्ति आवश्यक छ ।”प्रम देउवाले उच्च शिक्षा आर्जनका लागि नेपालीले बर्सेनी विदेशी विश्वविद्यालयलाई तिर्ने अरबौँ रकम मुलुकभित्रै सदुपयोग गर्ने वातावरण निर्माण गर्न पनि नागरिकको मागअनुरुप शैक्षिक गुणस्तर मुलुकभित्रै विकसित गर्नु अपरिहार्य भइसकेको उल्लेख गर्नुभएको छ । उहाँले विश्वविद्यालयले यी विविध क्षेत्रका लागि जनशक्ति उत्पादन गरेर मुलुकलाई ठूलो गुन लगाएको जनाउनुभएको छ ।

“उच्च शिक्षाको उद्देश्य सीपयुक्त जनशक्ति उत्पादन गर्नु त हुँदै हो, त्यसभन्दा पनि बढी महत्वपूर्ण विषय हालका युवालाई असल, चरित्रयुक्त र देशभक्तिले भरिएको नागरिकमा रुपान्तरण गर्नु हो, यस विषयमा पनि विश्वविद्यालयले सधै झैँ उचित ध्यान पु¥याएको मलाई लाग्छ”, उहाँले भन्नुभएको छ । प्रम देउवाले आजका युवा मुलुकको भविष्य निर्माता भएको चर्चा गर्दै असल र जिम्मेवार नागरिकका रुपमा मुलुकको उन्नति र प्रगतिमा निरन्तर योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ । आज विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित हुँदैछन् ।

बौरदै बागलुङको पर्यटन व्यवसाय
खेमराज गौतम,गलकोट, २९ मङ्सिर। दुई वर्षदेखि पर्यटकले नभरिएका पर्यटकीय क्षेत्र, सुनसान बनेका होटल तथा यात्रुले नभरिएका सवारीसाधनमा अहिले चहलपहल देखिएको छ । कोरोनाले धकेलिएर सरेका राजनीतिक दलको महाधिवेशन, सभा समारोह, विवाह उत्सव, शैक्षिक भ्रमण अहिले धमाधम हुँदा बागलुङको पर्यटन व्यवसाय चलयमान देखिएको छ । राजनीतिको अधिवेसन, सभासम्मेलन, विवाह र अवलोकन भ्रमणलगायतका कार्यक्रमले सवारीसाधनलाई यात्रु ओसार्न भ्याइनभ्याइ छ । होटल भरिभराउ छन् भने पर्यटकीस्थल खचाखच भइरहेका छन् । अहिले जिल्लाका पर्यटकीयस्थलको अवलोकन भ्रमणका लागि पोखरा, चितवन, गोर्खा, काठमाडौँलगायतका जिल्लाबाट बागलुङ आउने क्रमसमेत चल्दा बागलुङमा सुस्ताएको पर्यटन व्यवसाय लयमा फर्केको छ ।

एक महिना अघिदेखि नेपालका साना ठूला दलका अधिवेशन चल्दा नेता कार्यकर्ता गाउँ–गाउँबाट सहर केन्द्रित भएका छन् । दलहरुले सभासम्मेलनका नाममा लाखौं रुपैयाँ खर्चसमेत गरिरहेका छन् । मुख्यतया राजनीतिका कारण बागलुङ चलायमान भएको छ ।
यात्रु नपाएर खाली हुने सवारीसाधनमा अहिले यात्रुको निकै चाप रहेको छ । कतिपय दलले नेता कार्यकर्ता ओसार्न सवारीसाधनको व्यवस्था र खान बस्नका लागि होटलको व्यवस्थापन समेत गरिरहेका छन् । अहिले कालिका मन्दिर परिसरमा अवलोकन भ्रमण ब्यानरसहितका थुप्रै सवारीसाधन देख्न पाइन्छ । जिल्लामा नेपाली कांग्रेस, नेकपा (एमाले), (माओवादी) केन्द्रका वडा, पालिका अधिवेशनले बागलुङ बजार चलयमान भएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो । “पर्यटकीय क्षेत्र, होटल व्यवसाय, यातायात व्यवसाय अहिले फष्टाएको पाएका छौं”, राजभण्डारीले भन्नुभयो,“राजनीतिका कारण मात्र नभएर पर्यटकीय सिजन, मुस्ताङ जाने पर्यटक र कुस्माको बञ्जी पुलमा आउने पर्यटकसमेत यहाँ आउने गरेका छन्, अहिले यहाँको व्यापार तथा व्यवसाय फष्टाएको छ ।”

अहिले कालिका मन्दिर परिसरमा पर्यटक बोकेका सवारीसाधनको निकै चाप रहेको छ । दुई वर्षदेखि थला परेको यातयात व्यवसाय लयमा फर्कन लागेको यातायात व्यवसायी बताउँछन् । यो एक महिनामा बागलुङ बजारका सबै होटल भरिएको हामीले जानकारी पाएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । उहाँले ठूला दल कांग्रेस, एमाले, माओवादी लगायतको अधिवेशनको समयमा होटलमा कोठासमेत नपाएको बताउनुभयो । कालिका मन्दिर, पञ्चकोट, लामो झोलुङ्गे पुल, शालग्राम सङ्ग्रहालयमा पर्यटक ह्वात्तै बढेको पाइएको छ । बजारमा अधिवेशनलगायतका कार्यक्रममा आएका नेता कार्यकर्तासमेत फूर्सदमा पर्यटकीयस्थल पुगेको देखिन्छ ।

अहिले कालिका मन्दिर दर्शनका लागि विभिन्न जिल्लाबाट धार्मिक पर्यटक आउने क्रमले तीव्रता पाएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । गतवर्ष भन्दा यसवर्ष कालिका भगवती मन्दिरमा धार्मिक पर्यटकको आगमनमा वृद्धि भएको पाइएको खड्काको भनाइ छ । “गतवर्ष कोरोनाको प्रभावले खासै पर्यटक आएका थिएनन्, ६ महिना त कालिका मन्दिर बन्दनै गर्नुपरेको थियो”, खड्काले भन्नुभयो, “दुई वर्षदेखि दर्शन गर्न नपाएका पर्यटक, मुक्तिनाथ दर्शनमा हिँडेका पर्यटक र कुस्माको बञ्जी पुलको अवलोकनका लागि आएका पर्यटक कालिका मन्दिर दर्शन गर्न आउने गर्दा अहिले निकै चाप रहेको छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।