कांग्रेस महामन्त्रीको मतगणना सुरु

काठमाडौं, १ पुस/नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि मतगणना प्रारम्भ गरिएको हो ।

मतगणनाका लागि मतपेटिकाबाट मत खसाइएको र केही समयभित्रै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन् । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत, डा.मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा.राजाराम कार्की छन् ।

एनआरएनएकाे निर्वाचन तेस्राे पटक स्थगित, विवाद समाधान गर्न चार सदस्यीय समिति गठन
मन्दिप केसी/लण्डन, १ पुस,गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन तेस्राे पटक स्थगित भएकोछ । महाधिवेशन प्रतिनिधिको विवाद समाधान नगरी गर्न खोजिएको निर्वाचनमा उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो । विवाद समाधानका लागि चार सदस्यीय समिति गठन गरिएको छ ।

यसअघि अक्टोबर र नोभेम्बरमा पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन नसक्दा निर्वाचन स्थगित भएको थियो ।
जुलाईमा भएको एनसिसी चुनावमा विभिन्न देशमा प्रविधिको दूरुपयोग गरिएको र प्रतिनिधि चयन पनि प्रजातान्त्रिक पद्धति अनुसार नगरिएको भन्दै उजुरी परे पनि समाधान हुन सकेकाे छैन ।

प्रतिनिधि चयन विधान अनुसार नभएको भनी परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि सरकारले विधान अनुसार प्रतिनिधि चयन गरेर निर्वाचन गर्न निर्देशन दिएको थियो । निर्देशनविरुद्ध संघका अध्यक्ष कुमार पन्त अदालत गएका थिए । उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेकाे थियाे । दुई तिहाइ एनसीसीले विवाद समाधानकाे माग गर्दै आएका छन् ।उनीहरुले केन्द्रलाई बुझाउनु पर्ने सदस्यता शुल्क पनि बुझाएका छैनन् ।

निर्वाचन समितिले आह्वान गरेको फेस रिडिङ प्रक्रियामा पनि सदस्य सहभागी नभएको र शुक्रबार आह्वान गरिएको मनोनयनमा कुल आचार्य समूह सहभागी नहुने भएपछि निर्वाचन प्रक्रिया स्थगित गर्नु परेको हो ।

विवाद समाधान गर्न समिति

निर्वाचन गर्ने प्रक्रिया पूरा नभएको भन्दै अध्यक्ष पन्तले विवाद समाधानका लागि चार सदस्यीय समिति गठन गरेका छन् । समितिमा संघका सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्वसल्लाहकार डा यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबी क्षेत्री छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।