९०० मत गन्दा गगन थापालाई ६२ प्रतिशत, विश्वप्रकाशलाई ३५७ भोट
काठमाडौं, १ पुस /नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार ९०० मत गन्दा थापाले ६२ प्रतिशतभन्दा बढी मत ल्याएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार थापाले ५५९ मत ल्याएका छन् भने विश्वप्रकाश ३५७ मत ल्याएर दोस्रो स्थानमा छन् ।
उनीहरूलाई पछ्र्याएका प्रदीप पौडेलले ३०० मत ल्याएका छन् । यस्तै प्रकाशशरण महतले २९७, मिनेन्द्र रिजालले १५३ र राजाराम कार्कीले ३१ मत ल्याएका छन् ।
किरण सम्मिलित माजियालाई च्यारिटी सिल्डको उपाधि
काठमाडौं, १ पुस/नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू सम्मिलित माल्दिभ्सको माजिया स्पोर्टस् रेक्रियसन क्लबले यस सिजनको च्यारिटी सिल्डको उपाधि जितेको छ ।
माल्दिभ्सको मालेमा भएको खेलमा माजियाले क्लब भ्यालेन्सियालाई ५-० अन्तरले पराजित गरेको हो । सिजनको पहिलो खेल खेलेका किरणले प्लेइङ सेटमै खेलेका थिए । यसअघि भारतीय आईलिग खेलेका किरणले सम्झौता समाप्त भएसँगै माजियामा अनुबन्ध भएका हुन् । माल्दिभ्समा किरणले यसअघि टिसी स्पोर्टस्बाट खेलेका थिए ।
माजियाले खेलमा पूर्ण हाबी हुँदै चौथो पटक च्यारिटी सिल्डको उपाधि जितेको हो । कीर्तिमान कायम गर्ने क्रमम माजियाले सन् २०१५, २०१६, २०१७ र २०२१ यो उपाधि हात पार्याे ।


