एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु : भीम रावल

पुस,३ अछाम/नेकपा (एमाले)का नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताए ।

तर, कसैले पाखा लगाउन खोजेमा भने त्यसको परीणाम राम्रो नहुने उनले चेतावनी दिए । रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे ।

यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए । उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको बताए। लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेको रावलले बताए ।

ए डिभिजन लिग आज पहिलो पटक मोफसलमा हुँदै
काठमाडौं, ३ पुस /पहिलो पटक मोफसलमा सहिद स्मारक ए डिभिजन लिगको खेल आज शनिबार हुँदैछ । एन्फाले पहिलो पटक मोफसलमा प्रतियोगिता गर्दा भिड्नेछन् कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ ।

पोखरामा एक खेल हुँदा आज काठमाडौंमा २ खेल हुनेछ । दिनको १ बजे हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा साझ पौने ५ बजे थ्रीस्टार क्लब र न्युरोड टिम एनआरटी क्लब आमने सामने हुनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।